Back To Top

March 22, 2025

ऊर्जा मन्त्री भ्रष्टाचारमा लिप्तः प्रचण्ड

Global Ime Bank AD

चितवनः
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का भ्रष्टाचारमा लिप्त रहेको अभिव्यक्ति दिएका छन् ।

तराई(मधेश जागरण अभियानअन्तर्गतको शनिबार (आज) चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले भ्रष्टाचारमा लिप्त व्यक्तिलाई उर्जामन्त्री दिएको भन्दै सरकारकोसमेत आलोचना गरे ।

दाहालले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्रति खड्काले गरिरेको व्यवहारको पनि तिव्र आलोचना गरे ।

‘अहिले त के भएको छ भने जो बढी भ्रष्टाचारमा लिप्त छ, उसैलाई ऊर्जामन्त्री दिएको छ। अनि राम्रो काम गर्नेलाई कोपरेको छ, सताएको छ,’ दाहालले भने।

अब मुलुक प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्थामा जानुपर्ने उनले बताए। ‘अब राष्ट्रपति प्रत्यक्ष निर्वाचित हुनुपर्छ अनि राष्ट्रपतिले विज्ञलाई मन्त्री बनाउनुपर्छ। त्यसपछि विश्वविद्यालयका अनुभवी शिक्षकहरू मन्त्री हुन पाउँछन । मजदुर आन्दोलनका अनुभवी नेताहरू मन्त्री हुन्छन उनले भने, ‘अहिले त जो बढी भ्रष्टाचारी, उही मन्त्री ।’  मन्त्री खड्का र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङबीचको टकराव सतहमा छ।

Global Ime Bank
Prev Post

‘जीवनको अस्तित्व रक्षा गर्न पानीको संरक्षण’

Next Post

जिरेा बी ब्राण्डको उत्पादन नेपालमा सार्वजनिक

post-bars

Leave a Comment