Back To Top

February 23, 2025

दूधकोसी प्रमुख हटाउन प्राधिकरणलाई मन्त्रालयको दबाब

Global Ime Bank AD

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हटाउने विभिन्न प्रयास गरिरहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले दुधकोशी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत विमल गुरुङलाई पदबाट हटाउन उनै कुलमानमाथि दबाव सृजना गरेको छन् । सामाजिक सञ्जालमा आफ्नो विरुद्ध टिप्पणी गरेको भन्दै गरुडलाई हटाउन ऊर्जा सचिवस्तरीय निर्णय गराएर प्राधिकरणलाई पत्राचार गरेका हुन् ।

मन्त्रालयले दूधकोसी आयोजनाका प्रमुख विमल गुरुङले सामाजिक सञ्जालमा मन्त्री खड्काको कार्यशैलीको विरोध गरेको थिए । मन्त्रालयले प्राधिकरणलाई पत्र पठाउँदै तत्काल हटाउन दबाब दिएको छ ।

न्त्रालयले पठाएको पत्रमा भनिएको छ–

“तहाँ प्राधिकरण अन्तर्गत सञ्चालित दूधकोसी जलविद्युत् आयोजनाको प्रमुख कार्यकारी अधिकृत, श्री विमल गुरुङले मन्त्रालय र यस मन्त्रालयका मा. मन्त्रीज्यूका बारे सामाजिक सञ्जालमा गैरजिम्मेवार ढंगले समाचार सम्प्रेषण गरेको हुँदा निजलाई सो जिम्मेवारीबाट तत्काल हटाउने सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकमा समेत छलफल भई निर्देशन समेत भइसकेकामा निजलाई हालसम्म पनि सो जिम्मेवारीबाट नहटाएको भन्ने बुझिन आएको हुँदा निजलाई तत्काल सो जिम्मेवारीबाट हटाई यस मन्त्रालयलाई सो को जानकारी गराउनुहुन मिति २०८१/११/८ को सचिवस्तरको निर्णयानुसार अनुरोध छ ।”

उनी २६ वर्षदेखि प्राधिकरण अन्तर्गतको जिम्मेवारीमा रहेर जलविद्युत् विकासमा काम गरेका विज्ञ व्यक्ति हुन् । तामाकोशी सफल बनाएका उनलाई ६३५ मेगावाटको दूधकोशीको मुख्य जिम्मेवारी तोकिएको थियो । तर अब ऊर्जामन्त्री खड्काले आलोचना गरेको भन्दै उनलाई हटाउन लागेका हुन् ।

४५६ मेगावाटको माथिल्लो तामाकोसीमा अध्ययनको चरणदेखि नै गुरुङ जोडिएका थिए । तामाकोशी आयोजना पूरा हुनुमा एउटा इन्जिनियर, व्यवस्थापक तथा सहयोगीका रूपमा उनको भूमिका महत्त्वपूर्ण थियो।

कार्यकारी निर्देशक घिसिङले मन्त्रीको दबाब नस्वीकारी गुरुङलाई दूधकोशीमा निरन्तरता दिइरहेका छन् । प्राधिकरणका कर्मचारीलाई मन्त्रालयले सरुवा/बढुवा गर्न सक्दैन । त्यसैले मन्त्रालयले कार्यकारी निर्देशक घिसिङमाथि दबाब दिइएको हो ।

गुरुङ दूधकोसी सम्हालन पुगेपछि वित्तीय व्यवस्थापनका लागि एसियाली विकास बैंकसँगको मिसनसँग अहिले साइटमै रहेर निर्माण तयारीको कामलाई टुंगोमा पुर्‍याइसकेका छन् ।

Global Ime Bank
Prev Post

सम्भावनालाई अवसरमा बदलौं : अध्यक्ष ढकाल

Next Post

नियमित काममा फर्किए अर्थमन्त्री

post-bars

Leave a Comment