१९हजार घरकेा लाईन काट्दा २३ करेाड असुली

काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले पुस महिनाभर बक्यौता नतिर्ने १९ हजार २ सय ३२ ग्राहकको लाइन काटेको छ । लाइन काटिएका ग्राहकको बक्यौता ७२ करोड ३१ लाख रुपैयाँ छ ।
प्राधिकरणले लाइन काटिएकामध्ये १४ हजार १ सय ११ ग्राहकले २२ करोड ८४ लाख रुपैयाँ बक्यौता बुझाएका छन् ।
प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयको अर्थ महाशाखाले जनाएअनुसार सबैभन्दा बढी लाइन काटिएको मधेस प्रदेशमा हो ।
मधेस प्रदेशमा ६ हजार ३ सय ६८ ग्राहकको लाइन काटिएको छ । मधेस प्रदेशमा १८ करोड ११ लाख बक्यौता असुल्न बाँकी छ । काटिएकामध्ये ३ हजार ७ सय ६८ ग्राहकले ८ करोड २५ लाख ९४ हजार रुपैयाँ तिरेर लाइन जोडाएको निर्देशनालयले जनाएको छ ।
त्यसैगरी कोशी प्रदेश, प्रादेशिक कार्यालय विराटनगरअन्तर्गत ३ हजार २ सय ९१ ग्राहकको लाइन काटिएको छ । कोशीमा बक्यौता रकम ३ करोड ५९ लाख ९५ हजार रुपैयाँ छ । कोशीका २ हजार ८ सय ४२ लाइन जोडेर ३ करोड २० लाख रुपैयाँ बक्यौता उठेको छ ।