Back To Top

October 7, 2025

काभ्रेमा विद्युत् लाइन मर्मत जारी

Global Ime Bank AD

काभ्रे :

भारी वर्षा र बाढी-पहिरोका कारण काभ्रेपलाञ्चोकका विभिन्न स्थानीय तहमा विद्युत् आपूर्तिमा अवरोध आएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा मर्मत कार्य तीव्र रूपमा भइरहेको छ र आजदेखि  अधिकांश स्थानमा सेवा पुनः सुचारु हुने अपेक्षा गरिएको छ।

प्राधिकरणद्वारा प्राप्त जानकारी अनुसार खानीखोला गाउँपालिकाको सम्पूर्ण क्षेत्र, महाभारत गाउँपालिकाका सबै वडामा, र रोशी गाउँपालिकाका १२ वटामध्ये ९ वटा वडामा विद्युत् सेवा अवरुद्ध भएको छ।

त्यस्तै, पनौती नगरपालिकामा तीनवटा ट्रान्सफर्मर बाहेक सबै क्षेत्र अन्धकारमा परेका छन् भने बेथानचोक गाउँपालिकाका तीन वडामा भने विद्युत् आपूर्ति पुनः सुचारु गरिएको छ।

विद्युत् प्राधिकरणका प्राविधिक टोलीहरूले अवरुद्ध लाइन मर्मत तथा ट्रान्सफर्मर प्रतिस्थापनको काम जारी राखेका छन्। अब हावापानी सामान्य रहेमा आजसम्म सम्पूर्ण क्षेत्रको विद्युत् सेवा पुनः बहाल हुने सम्भावना रहेको प्राधिकरणले जनाएको छ।

Global Ime Bank
Prev Post

वर्षाले ३२ जलविद्युत आयोजना प्रभावित

Next Post

पश्चिम नेपालमा पश्चिमी बायुको समान्य प्रभाव

post-bars

Leave a Comment