Back To Top

May 21, 2025

भारतमा दैनिक २०० मेगावाटसम्म विद्युत् निर्यात

Global Ime Bank AD

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले छिमेकी राष्ट्र भारतमा विद्युत् बिक्री गर्न थालेको छ । केहीदिन यता परेको वर्षाका कारण विद्युत् उत्पादन बढेपछि प्राधिकरणले विद्युत् निर्यात सुरु गरेको हो ।

गत शनिबारदेखि दैनिक १५० देखि २०० मेगावाटसम्म विद्युत् निर्यात भइरहेको प्राधिकरणका प्रवक्ता राजा भाइ शिल्पकारले जानकारी दिए । भारतको प्रतिस्पर्धी बजार इन्डियन इनर्जी एक्सचेञ्ज (आइइएक्स)को रियल टाइम मार्केटमा रातको समयमा खपत नभएको विद्युत् भारत निर्यात भइरहेको छ ।

अहिले आन्तरिक उत्पादन करिब १५०० मेगावाटको हाराहारीमा छ । तर, पिक आवरमा डिमाण्ड भने २००० मेगावाटको हाराहारीमा पुग्छ । नेपालले पिक आवरमा भारतबाट आयात गर्ने रातको समयमा खपत नभएको विद्युत् भारत निर्यात गर्ने गरेको छ ।

Global Ime Bank
Prev Post

नीतिगत स्थायित्व प्राथमिकतामाः गभर्नर पौडेल

Next Post

जलविद्युत आयोजनामा बाढीको पूर्वसूचना प्रणाली जडान गर्न संझौता

post-bars

Leave a Comment