Back To Top

June 13, 2025

बङ्गलादेश विद्युत् निर्यात असार १ देखि

Global Ime Bank AD

काठमाडौँ।

नेपालमा उत्पादित ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गर्न आवश्यक तयारी पूरा भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार पूर्वनिर्धारित समयतालिका अनुसार यही जुन १५ (असार १ गते) देखि विद्युत् निर्यात गर्न आवश्यक वित्तीय तथा प्राविधिक तयारी पूरा भएको हो ।

प्राधिकरण प्रवक्ताा तथा विद्युत् व्यापार विभागका निर्देशक राजन ढकालका अनुसार बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डले विद्युत् खरिदका लागि प्रतीतपत्र पेस गरिसकेको छ । विद्युत् निर्यात भारतीय विद्युत् प्रसारण सञ्जालमार्फत हुने भएकाले भारतको नेसनल लोड डिस्प्याच सेन्टरसँग नेपाल र बङ्गलादेशका अधिकारीबिच छलफल भएर विद्युत् प्रवाहको प्राविधिक तयारी पनि पूरा भइसकेको छ । “बङ्गलादेश विद्युत् निर्यातका लागि आवश्यक पूर्वतयारीका काम सबै भइसकेका छन्,” ढकालले भने  , “असार १ गतेदेखि दैनिक ४० मेगावाट विद्युत् भरत हुँदै बङ्गलादेश निर्यात हुने छ ।”

गत वर्ष नोभेम्बर १५का दिन नेपालबाट एक दिनमात्र विद्युत् बंगलादेश निर्यात भएको थियो ।  डलरमा हुने नेपालको विद्युत् निर्यात असार १ देखि कात्तिक मसान्तसम्म दैनिक निर्यात हुनेछ । नेपालबाट भारतीय पूर्वाधार प्रयोग गर्दै तेस्रो देशमा विद्युत् निर्यात हुन लागेको हो ।

नेपालबाट ४० मेगावाट विद्युत भारतीय प्रसारण ग्रिड प्रयोग गरी बंगलादेश लैजानका लागि नेपाल विद्युत प्राधिकरण, एनटिपिसी विद्युत व्यापार निगम (एनभिभिएन, भारत र बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)बीच गत असोज १७ गते त्रिपक्षीय विद्युत् बिक्री सम्झौता भएको थियो ।

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत् पुग्नेछ । त्यसपछि मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारण लाइनमार्फत भारत–बंगलादेशबीचको बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) ४०० केभी प्रसारण लाइनमार्फत बंगलादेश विद्युत् पुग्नेछ ।

 

Global Ime Bank
Prev Post

विद्युतीय कारोबार ऐन खारेज गर्ने तयारी

Next Post

ग्लोबल आइएमईको अगुवाइमा माथिल्लो मेवा खोलामा लगानी

post-bars

Leave a Comment