Back To Top

February 26, 2026

चुनावका दिन यातायात तथा आन्तरिक उडान बन्द रहने

Global Ime Bank AD
Insourance

काठमाडौँ।

आगामी साता हुने प्रतिनिधि सभा निर्वाचनको दिन देशभरको सार्वजनिक यातायात तथा आन्तरिक उडानसमेत बन्द रहने भएको छ ।

पर्यटकको घुमफिरमा रोक लगाइएको छ । निर्वाचन आयोगका अनुसार फागुन २१ गते मतदानका दिन सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै विदेशी पर्यटकको घुमफिरमा रोक लगाइएको हो । आयोगका सूचना अधिकारी सुमन घिमिरेले   निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै उक्त दिन देशभरको सार्वजनिक यातायात तथा आन्तरिक उडानसमेत बन्द रहने भएकाले पर्यटकीय गन्तव्यमा पर्यटकको घुमफिरमा रोक लगाइएको बताए । निर्वाचन परिवेक्षणका लागि अन्तर्राष्ट्रिय संस्थाबाट आउने विदेशी पाहुनाको सम्पूर्ण व्यवस्थापन आयोगले नै गर्ने उक्त दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट होटेल र होटेलबाट विमानस्थलसम्म जाने पर्यटकको आवागमन सहज बनाउन जिल्ला प्रशासन कार्यालयबाट पासको व्यवस्था गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार निर्वाचनको दिन अत्यावश्यक उद्धार तथा चार्टर्ड उडानबाहेक देशभरको आन्तरिक उडान बन्द रहने छन् भने अन्तर्राष्ट्रिय उडान भने नियमित रहने छन् । अन्तर्राष्ट्रिय उडानतर्फ ओहोरदोहोर गर्ने सर्वसाधारणलाई हवाई टिकटका आधारमा यात्रा अनुमति दिने व्यवस्था मिलाइएको छ ।

नेपाल पर्यटन बोर्डले पर्यटकका लागि ट्राभल एड्भाइजरी जारी गर्दै नेपाल पर्यटनका लागि खुला रहेको र मतदानको दिन विमानस्थलबाट होटेल तथा होटेलबाट विमानस्थल आवतजावतका लागि सटल बस सेवा सञ्चालन गरिने जनाएको छ । त्यस्तै पर्यटक बोक्ने इच्छुक कम्पनीलाई जिल्ला प्रशासन कार्यालयबाट सवारी पास उपलब्ध गराउन सिफारिसपत्र दिने व्यवस्था गरिएको जनाएको छ । बोर्डले निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि सबै सीमानाका बन्द गरिने जानकारी दिँदै निर्वाचन अविधिभर देशभरका होटेल, रिसोर्ट, रेस्टुरेन्ट तथा महत्वपूर्ण ऐतिहासिक स्थल भने खुला रहने जनाइएको छ ।

United long banner ad
Prev Post

भन्सार नाका निगरानीका लागि परिपत्र

Next Post

आइएमई र साउदीको डिजिटल वालेट टिक्मोबीच सम्झौता

post-bars

Leave a Comment