Back To Top

March 27, 2025

दोस्रो त्रैमासिकको आर्थिक वृद्धिदर ५.१ प्रतिशत

Global Ime Bank

काठमाडौं ।

राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक अवधि (साउन–पुस) को राष्ट्रिय लेखा अनुमान सार्वजनिक गरेको छ । जस अनुसार यस त्रैमासमा ५.१ प्रतिशतले आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान छ।

कार्यालयका अनुसार यातायात क्षेत्रमा भएको वृद्धि, निर्माण क्षेत्रमा विस्तार, कृषि उत्पादन वृद्धि, विद्युत् उत्पादन तथा वितरणमा भएको वृद्धि र वित्तीय मध्यस्थताको कुल मूल्य अभिवृद्धिमा भएको वृद्धिले अर्थतन्त्रलाई धनात्मक बनाउन भूमिका खेलेको हो ।

यस त्रैमासमा अर्थतन्त्रका सबै क्षेत्र धनात्मक छन् । पहिलो त्रैमासमा निर्माण र औद्योगिक क्षेत्र ऋणात्मक रहेकोमा त्यसमा समेत सुधार देखिएको कार्यालयको तथ्यांक छ ।

पछिल्ला महिना आयात तथा निर्यातमा भएको वृद्धि, पर्यटक आगमनमा सुधार सहित तथ्यांकले अर्थतन्त्र विस्तार भइरहेको संकेत गरेको छ ।

कार्यालयले अर्थतन्त्रका १८ वटा क्षेत्रलाई आर्थिक वृद्धिदरको अनुमानमा समेट्ने गर्छ । यस अवधिमा शिक्षा, आवास तथा भोजन क्षेत्र र अन्य सेवा क्षेत्रमा भने उल्लेख्य वृद्धि छैन ।

उता, त्रैमासिक हिसाबले यस त्रैमास (कात्तिक–पुस) मा पहिलो त्रैमास (साउन–असोज) को तुलनामा अर्थतन्त्र २.२ प्रतिशतले विस्तार हुने देखिएको छ । चालु आर्थिक वर्ष सरकारले ६ प्रतिशत माथिको आर्थिक वृद्धि हुने अनुमान गरेको छ । पछिल्ला महिना आयात तथा निर्यातमा भएको वृद्धि, पर्यटक आगमनमा सुधार सहित तथ्यांकले अर्थतन्त्र विस्तार भइरहेको संकेत गरेको छ ।

अर्थतन्त्रका १८ क्षेत्रमध्ये सबैभन्दा धेरै वृद्धिदर यातायात तथा भण्डारण क्षेत्रको छ । जसको वृद्धिदर १४.२ प्रतिशत छ । खानी तथा उत्खनन क्षेत्र ९.५ प्रतिशत सहित दोस्रो स्थानमा छ ।

विद्युत् तथा ग्यास ९.२ प्रतिशतले विस्तार भएको छ । निर्माणले यस त्रैमासमा छलाङ लिएको देखिएको छ । यो क्षेत्रको वृद्धिदर ९.१ प्रतिशत छ । यसअघि यो क्षेत्र ऋणात्मक थियो । निर्माण सामग्री आयात तथा घरेलु उत्पादन वृद्धिले निर्माण क्षेत्रको वृद्धिदर बढेको अनुमान छ ।

औद्योगिक वस्तुको उत्पादनमा क्रमिक सुधार आउँदा यो क्षेत्रले समेत गति लिएको देखिएको छ । उत्पादनमूलक क्षेत्रको ७.४ प्रतिशत, निक्षेप तथा कर्जामा भएको वृद्धिले वित्तीय तथा बीमा क्षेत्रको वृद्धिदर ६.६ प्रतिशत रहने अनुमान छ ।

व्यापारको ६.१ प्रतिशत र सूचना तथा प्रविधिमा ४.९ प्रतिशत वृद्धि हुने अनुमान छ । अर्थतन्त्रमा सबैभन्दा बढी योगदान गरेको कृषि क्षेत्रको भने ३.२ प्रतिशत मात्र वृद्धिदर रहने भएको छ ।

यस्तै धान उत्पादन वृद्धि, तरकारी, अमिलो जातको फलफूल तथा हिउँदे फलफूल र पशुपन्छीजन्य उत्पादनमा भएको वृद्धिले यो क्षेत्र समेत धनात्मक रहेको कार्यालयको भनाइ छ ।

Prev Post

भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

Next Post

ग्लोबल आइएमई र आईएफसीबीच डिजिटल वित्तीय सेवा सम्झौता

post-bars

Leave a Comment