ईसीएफको छैटौं समीक्षा सम्पन्न

काठमाडौ ।
अर्थमन्त्री रामेश्वर खनालका अनुसार, आईएमएफको विस्तारित ऋण सुविधा (ईसीएफ) अन्तर्गतको छैटौं समीक्षा सफलतापूर्वक सम्पन्न गरेको छ ।
अर्थमन्त्री खनालले विहीबार बिहान सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार आईएमएफ बोर्ड बैठकले नेपालको ईसीएफ छैटौं समीक्षालाई अनुमोदन गरेको हो। यस स्वीकृतिसँगै नेपालले ईसीएफ कार्यक्रम अन्तर्गत छैटौ किस्ता करिब ४ करोड अमेरिकी डलर रकम प्राप्न गर्नेछ ।
आइएमएफ कार्यकारी बोर्डले २०७८ पुसमा नेपाललाई विस्तारित कर्जा सुविधा अन्तर्गत चार वर्षभित्र ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेको थियो । नेपालले यसअघि पाँचौ किस्ता पाइसकेको छ । अब छैटौ किस्ता पनि पाउने भएको छ ।
गत चैतमा आइएमएफले नेपाललाई उपलब्ध गराएको विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फेसिलिटी–ईसीएफ) को पाँचौँ समीक्षा सम्पन्न गरेको थियो । यो समीक्षासँगै आइएमएफले नेपाललाई इसिएफअन्तर्गतको करिब रू पाँच अर्ब ८१ करोड (चार करोड १८ लाख अमेरिकी डलर बराबर) निकासा गर्ने निर्णय गरेको थियो ।
