चक्रपथमा गुड्न थाले महानगरका विद्युतीय बस

काठमाडौ,
महानगर यातायात प्रालिले काठमाडौ उपत्यकामा १२ वटा विद्युतीय ठूला बस सञ्चालनमा ल्याएको छ ।
२०७२ सालदेखि महानगर यातायात प्रालिले काठमाडौको चक्रपथमा एकैपटक ३९ वटा डिजेल बसमार्पmत सेवा सञ्चलन थालेकोमा अहिले ८९ वटा बस चक्रपथलगायत राजधानीका विभिन्न रुटमा सञ्चालनमा छन् । प्रविधिमैत्री, वातावरणमैत्री र सहज यात्रु सेवा विस्तारका लागि चक्रपथ परिक्रमा लक्षित गरी एक दर्जन विद्युतीय बस सञ्चालनमा ल्याइएको महानगरका अध्यक्ष सन्तोष खतिवडाले बताए ।
विद्युतीय बसको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाल अव इभीको युगमा प्रवेश गरेको बताए । पछिल्लो समय सडक पूर्वाधार विकासमा ठूलो प्रगति भएको भन्दै उनले संगठित र आधुनिक यात्रुसेवा सञ्जाल विस्तार गर्दै जानु पर्ने धारणा राखे । नेपालको यातायात क्षेत्र तुलनात्मक रुपले प्रगति गरेपनि यो क्षेत्रलाई अझै व्यवस्थित र मर्यादित र सुविधायुक्त बनाउन निजी क्षेत्रलाई आग्रह गरे ।
महानगर यातायातका कार्यकारी अध्यक्ष खतिवडाले महानगर यातायातको अब छिटै प्राथमिक सेयर निश्कासन पनि गर्ने तयारी रहेको बताए ।
सेवा सुभारम्भ गरिएका विद्युतीय वसहरु नेपालको सडक पूर्वाधार सुहाउँदो भएको र निकट भविष्यमै यस्ता विद्युतीयवसहरुको संख्याबढाउने योजनामा रहेको अध्यक्ष खतिवडाको भनाइ थियो ।उनले िवद्युतीय बसहरु वातावरण मैत्री र यात्रु मैत्रीमात्रै नभएर ब्यवसायीका लागि समेत लाभ दायी रहेको बताए ।
कार्यक्रममा शशीला मोटर्सका महाप्रबन्धक अशोकराज सुवेदीले महानगर यातायातलाई आज हस्तान्तरण गरिएको विद्युतीय सिटी वसहरु नेपालको पूर्वाधारको अध्ययन पश्चातमात्रै ल्याइएको जानकारी दिए । वस उत्पादक चिनीया कम्पनी चेरी एण्ड वण्डाको रिसर्च एण्ड डेभलपमेन्ट टिम नेपालमै आएर यहाँको बाटो घाटो अध्ययन गरेपछि नेपालकै लागि बनाइएको बस भएकोले ब्यवसायीको हितमा र यात्रु मैत्री रहेको उनको भनाइ थियो ।
