Back To Top

September 16, 2025

डा. सन्दुक रुइत सरकारमा नआउने

Global Ime Bank AD
Insourance

काठमाडौं
जेन जी आन्दोलन पश्चात नवगठित सरकारमा सहभागी हुन नेत्र चिकित्सक सन्दुक रुइतले अनिच्छा देखाएका छन् । मंगलबार बिहान प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसँग छलफल गरेकी छन मंगलबार तिलगंगा आँखा प्रतिष्ठान पुगेर प्रधानमन्त्री कार्कीले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुने बारे छलफल गरेकी हुन ।
तर आफू सरकारमा जाँदा अस्पताल सञ्चालन र विरामी व्यवस्थापनमा असर पर्ने भन्दै सरकारमा आफू नजाने बताएका हुन्
प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा आफूले सरकारको नेतृत्व गर्नुपरेकाले सहयोग गर्न डा.रुइतसँग आग्रह गरेकी थिइन् । जवाफमा डा. रुइतले आफूले सरकारलाई सहयोग गर्ने तर,सरकारमा सहभागी हुन नसक्ने जवाफ दिए । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै डा. रुइतले आफूले अस्पतालको काम र विरामीलाई छाड्न नसक्ने बताएका थिए।

 

United long banner ad
Prev Post

कोरलानाकाबाट विद्युतीय सवारीसाधन आयात सुरु

Next Post

कर तिर्ने समय एक महिना थप

post-bars

Leave a Comment