Back To Top

December 28, 2024

आकासिँदै डलर भाउ, मूल्य वृद्धिको चिन्ता

Global Ime Bank

काठमाडौ ।
नेपालमा अमेरिकी डलरको मूल्य बढदै जाँदा मूल्य वृद्धिको चाँप पेचिलोबन्दै जाने देखिएको छ । नेपाल राष्टबैकले शनिबारका लागि विदेशी विनिमयदर निर्धारण गर्दा अमेरिकी प्रति एक डलरको विक्रीदर १३७ रुपैयाँ १६ पुगेको जनाएको छ ।

नेपालको मुद्रा भारतीय मुद्रा सँग स्थीर विनिमय दर निर्धारण भएको र सोही आधारमा डलरको पनि मूल्य निर्धारण हुने गर्छ । अमेरिकी डलर समक्ष पछिल्ला दिन भारतीय मुद्रा कमजोर हुँदा नेपाली विनिमय दर पनि प्रभावित बन्दै गएको हो । शनिबार खरिद दर १३६.५६ पैसा पुगेको छ ।

अमेरिकामा राष्ट्रपति निर्वाचन भएसंगै त्यहाँको मुद्रा थप बलियो बन्दै आएको छ । नेपालको अर्थतन्त्र आयातमा आधारित भएको र अधिकाँश भुक्तानी अमेरिकी डलरमै हुने भएकाले यसको असरले मूल्य वृद्धि हुने खतरा रहन्छ ।

सरकारले लिएको ऋणको सावाँ व्याज भुक्तानी देखि ठूला पुर्वाधार आयोजनाको निर्माण उपकरण आयातमा पनि यसले महँगो पार्ने भएको छ । नेपालको निर्यात नगण्य रहेपनि रेमिट्यान्स अप्रवाह उच्च रहेकाले यसमा भने महँगो डलरको सटही लाभ प्राप्त हुन्छ ।

 

Prev Post

युनाइटेड अजोडको संस्थापक शेयर बिक्रीमा

Next Post

३५ छात्रालाई दिइयेा ग्लेाबल आइएमई छात्रवृत्ति

post-bars

Leave a Comment