Back To Top

October 4, 2024

विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

Global Ime Bank AD
Insourance

काठमाडौ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १२ विभिन्न जिल्लाका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस गरेको छ ।

ती स्थानीय निकाय बाढी, पहिरो र डुबानबाट अत्यनै प्रभावित भएको निश्कर्षसहित गृह मन्त्री रमेश लेखकको अध्यक्षतामा शुक्रबार बसेको प्राधिकरणको २६ औ कार्यकारी समिति बैठकले यस्तो सिफारिस गरेको हो ।

समिति बैठकले यही महिनाको १०, ११ तथा १२ गतेको भिषण वर्ष तथा बाढी पहिरोले चरम प्रभावित ४० स्थानीय निकायलाई विपद् संकटग्रस्त घोषणा गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ ।

यो सिफारिसलाई समिक्षा गर्दै आगामी मन्त्रीपरिष्दले यस विषयमा आवाश्यक निर्णय लिने प्राधिकरणले जनाएको छ । राहत, पुनर्निमाण र पुनरस्थापनको कामलाई सहज र चुस्त बनाउन यस्तो सिफारिस भएको जनाइएको छ ।

सिफारिस गरिएका स्थानीय निकायहरुमा पाँचथर, ओखलढुंगा, उदयपुर, धादिङ, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर र चितवनका गरी विभिन्न ४० भन्दा बढी पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको जनाइएको छ।

United long banner ad
Prev Post

‘संघीयताको सफलता तल्ला सरकारको वित्तीय सक्षमतामा निर्भर’

Next Post

उद्धार कोषमा एकैदिन रु तीन करोड हस्तान्तरण

post-bars

Leave a Comment