Back To Top

August 3, 2025

चालक अनुमति पत्र अब १० वर्षको हुने

Global Ime Bank AD
Insourance

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को बहाल अवधि बढाएकाे छ । हाल ५ वर्षलाई मात्रै मान्य हुने यस्तो अवधिलाई बढाएर १० वर्ष पुर्याएको छ । सरकारले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ लाई संशोधन गरेर नयाँ व्यवस्था गरेको हाे ।

यसका लागि सरकारले केही नेपाल ऐन संशोधनमार्फत सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको इजाजतपत्रा सम्बन्धी व्यवस्थामा केही परिवर्तन गरेको जानकारी राजपत्रमा सूचना प्रकाशित गरेर जानकारी दिएको छ। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको हो । ऐनको दफा ५४ को उपदफा ३ मा लाइसेन्स बहाल हुने अवधि ५ वर्ष छ ।

संशोधित व्यवस्था अनुसार अब जारी हुने तथा नवीकरण हुने सवारी साधनको इजाजतपत्रको अवधि १० वर्ष हुने छ ।

 

United long banner ad
Prev Post

शुख्खाग्रस्त मधेशमा वर्सियो पानी

Next Post

मधेसमा स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु

post-bars

Leave a Comment