Back To Top

January 2, 2026

धोवीखोला नदी करिडोर सडक मर्मत धमाधम

Global Ime Bank AD
Insourance

काठमाडौं । काठमाडौंको धोवीखोला नदी करिडोर सडक मर्मत गरिएको छ ।

शहरी विकास मन्त्रालय मातहतको काठमाडौं उपत्यकाका विकास प्राधिकरण र काठमाडौं महानगरपालिको समन्वयमा धोवीखोला करिडोरको बागमती दोभानदेखि चावहिलको बैजनी पुलसम्मको करिडोर सडकको दायाँ र बायाँ दुवै किनारको मर्मत धमाधम भइरहेको छ ।
धोवीखोला करिडोर प्राधिकरणको क्षेत्राधिकारमा पर्दछ । हाल करिडोरको दायाँ किनारको सडकको मर्मत सकिएको छ ।

बायाँ किनारतर्फको काम हुँदैछ । प्राधिकरणले धोवीखोला करिडोर तथा कपन–वूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना क्षेत्रको बाटोमा खाल्डाखुल्डी भएकाले व्यापक जनगुनासो रहेको र उक्त बाटो यथाशीघ्र गर्नुपर्ने भएकोमा आयोजनाको बजेट रोक्का र अपुग भएकाले मर्मतका लागि काठमाडौं महानगरपालिकाका अनुरोध गरेको थियो । प्राधिकरणको अनुरोधमा काठमाडौं महानगरपालिकाबाट सडक मर्मत भइरहेको छ ।

United long banner ad
Prev Post

ग्लोबल आइएमईको १९औँ वार्षिकोत्सवमा १९ कार्यक्रम

Next Post

महासंघका डेढ दर्जन वस्तुगत सदस्य खारेज

post-bars

Leave a Comment