सेबोनको सञ्चालकमा हेमराज ढकाल नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन)को सञ्चालकमा हेमराज ढकाल नियुक्त भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो प्रतिनिधिका रुपमा उपाध्यक्ष ढकाललाई सेबोनको सञ्चालक समितिमा पठाएको हो ।
केही दिन अघि नै महासंघले सेबोनमा उपाध्यक्ष ढकाललाई सञ्चालकका रुपमा पठाउने निर्णय गरेको थियो । तर, ढकाल बाहिर भएका कारण बुधबार मात्रै नियुक्त भएका हुन् ।
नवनियुक्त सञ्चालक ढकाललाई बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।
यसअघि महासंघबाट महानिर्देशक गोकर्णराज अवस्थि सेबोनको सञ्चालक थिए । महासंघले उनलाई फिर्ता बोलाएपछि उक्त पद रिक्त थियो ।
ढकाल महासंघको वस्तुगततर्फका उपाध्यक्ष हुन् । उनले आफ्नो क्षमता र सामथ्र्यले भ्याएसम्म सेबोनको सञ्चालकका रुपमा मुलुकको पूँजी बजारको विकासमा योगदान दिने प्रतिवद्धता जनाएका छन् ।
