Back To Top

September 18, 2024

हिउँ हराउदा उजाडियो ध्ये गाउँ

Global Ime Bank

म्याग्दी ।
धाँजै धाँजा परेको जमीन । वर पर सुख्खा पहाड भए पनि सामान्य हरियाली बस्ती छ जस्तै लाग्ने। तर बस्ती त के अहिले मान्छेका पाइला देख्न पनि मुस्कील छ ध्ये गाँउमा ।
तर दुई दशक अघिसम्म त यो ठाउमा ठूलो बस्ती थियो । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ को ‘ध्ये गाउँ’ यतिबेला रित्तिएको छ । पिउने पानीका स्रोत नै बन्द भए अनि गाउँ क्रमश रित्तिँदै गयो ।

जलवायु परिवर्तनका कारण गाउँमा पानीका मुहान सुक्दै गएपछि स्थानीयले आफ्नो थाथथलो छाडे । स्थानीयहरु पानी खोज्दै थातथलो छाडे, सरकारकै सहयोगमा झिटिगुण्टा बोके सजिलो ठाँउमा सरे । विद्यालय पनि सारे तर त्यहीको माटो सँगै जोडिएका धेरै स्थानीय परम्परा, संस्कृति र इतिहास भने त्यही छुटे । अन्ततः मरुभूमि जस्तै देखिने ध्येको माटोमा ती सबै बिलाए ।


मानिस बस्न छाडेपछि पुराना घरहरु भत्किदै गएका छन् । बस्ती खण्डहर र उराठलाग्दो छ । “पानी नै खान नपाएपछि मान्छे कसरी बस्नु र सवैले ठाँउ छाड्न बाध्य भए,” लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ का वडाध्यक्ष पासाङ गुरुङले भने, म पनि त्यहिँ जन्मेको तर मेरै लागि ध्ये विरानो भयो ।

हिँउदमा हिँउ पर्नै कम हुँदै जाँदा पानीका मुहान सुक्दै गएको उनको अनुभव छ । खेती लगाउने, जनावरलाई खुवाउन समस्या हुँदै गयो पछि त मान्छैकै लागि पानीको जोहो भएन । हिउँ पातलिँदै गयो । मुल, खोला सुके । बस्ती मेटियो ।

ऊजाड बन्दै गएको ध्येमा अहिले अहिले स्थानीयहरु बर्खामा भेडा च्याङ्ग्रा चराउनका लागि मात्र गोठ लिएर जान्छन् ।
ध्ये गाउँ समुन्द्री सतहदेखि करिब चार हजार मिटर उचाइमा छ । ध्येबासी बसाइसराइ गरेको थामजुङस्थित नदी किनारको बस्ती तीन हजार सात सय मिटर उचाइमा छ । उक्त गाउँमा हाल २६ घरधुरीको बसोबास छ ।

बस्तीसँगै विद्यालय थामजुङमा सारिएको छ । विसं २०६४ देखि नै ध्येवासी बसाइ सरेर वेँसीमा रहेको थामजुङमा झर्ने क्रम सुरु भएको थियो ।
ध्येमा गुरुङ र लोवा जातिका मानिसको बसोबास बाक्लो थियो । पानीको अभाव बढ्दै गएपछि तत्कालीन गाविस र जिल्ला विकास समितिले नै बस्ती स्थानान्तरणको प्रक्रिया अघि बढाएको थियो ।
बिजुली पानी पाइने थामजुङमा सरकारी र दातृ निकायको सहयोगमा नयाँ बस्तीमा पूर्वाधार निर्माण भएको छ । नयाँ बस्तीमा उनीहरुले स्याउखेती गरिरहेका छन् । “तापक्रम वृद्धि र जलवायु परिवर्तनले सबैभन्दा बढी असर हामीलाई पारेको छ”, गुरुङले भने ।

 

Prev Post

माईपेको दशैं मेला, स्कुटरदेखि आईफोनसम्म उपहार

Next Post

तयार भयेा २२० केभि उदीपुर सबस्टेसन

post-bars

Leave a Comment