Back To Top

March 17, 2026

सवारी साधनमा भाडा समायोजन गर्न माग

Global Ime Bank AD
Insourance

काठमाडौ ।

सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सवारी साधनमा भाडा समायोजन गर्न माग गरेको छ । विज्ञप्ति जारी गर्दै सवारी साधनमा भाडा बढाउन माग गरेकाे हाे ।

गए राति नेपाल आयल निगमले पेट्रोलियम पदार्थमाकाे मूल्य वृद्धि गरैसँगै यातायात व्यवसायीहरूले यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । साबिकको मूल्यमा एकाएक भारी मूल्यवृद्धि गर्दा देशभर यातायात सेवा सञ्चालन गर्ने यातायात व्यवसायी एवम् यात्रुमा प्रत्यक्ष असर परेकाे बताइएकाे छ ।

नेपाल आयल निगमभित्रको आन्तरिक चुहावट र पेट्रोलियम पदार्थको खपतलाई नियन्त्रण गरी वैज्ञानिक विधि अपनाई पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्था मिलाउनु पर्ने महासंघकाे जाेड छ ।

सार्वजनिक यातायात सञ्चालनमा सवारी साधन डिजेल र पेट्रोलको इन्धन प्रयोग गरी सञ्चालन हुने हुँँदा पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा प्रत्यक्ष असर सार्वजनिक सवारी साधन सञ्चालनमा देखिएको महासंघले जनाएको छ ।

महासंघले संघीय रुटको भाडा यातायात व्यवस्था विभागबाट र प्रदेश अन्तर्गतको भाडा सबै प्रदेश मन्त्रालयबाट यथाशीघ्र समायोजन गर्नसमेत सरकारसँग माग गरेको छ ।

आयल नियमले गएरातिदेखि डिजेलमा १० र पेट्रोलमा १५ रुपैयाँ मूल्य वृद्धि गरेको थियो ।

United long banner ad
Prev Post

३० जना हुँदा ऋण लिएर उद्यम गर्ने १ जना मात्रै

Next Post

इन्धन संकट टार्न श्रीलङ्कामा बुधबार पनि विदा

post-bars

Leave a Comment