Back To Top

January 3, 2025

दैलेखको पेट्रोलियम जाँच्न चीनमा माटो परीक्षण

Global Ime Bank

काठमाडौ ।
दैलेखमा जारी पेट्रोलियम उत्खनन् अन्तरगत जमिन मुनी चार किलोमिटर ड्रिलिङको काम सकिएर प्राप्त माटो तथा ढुँगाका नमुनाहरु परिक्षण गर्न चीनमा पुराइएको छ । भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा चीनको सहयोगमा गत वैसाखदेखि पेट्रोलियम उत्खनन सुरु गरिएको थियो ।

खानी तथा भूगर्भ विभागले नमुना संकलन पर्याप्त भइसकेको र तीनको परिक्षणका लागि चीन पठाइएको जनाएको छ । चार हजार दुई मिटर गहिराइसम्म ड्रिलिङ भएसँगै यो काम सकिएको छ । गतअसोज मसान्तसम्म सम्पन्न गर्ने परियोजनाको लक्ष्य रहेकामा भैगर्भिक समस्याले केही ढिलाइ भएको थियो । दुई हजार सात सय मिटर ड्रिलिङ भएपछि विज्ञले प्रत्येक दुई÷दुई मिटर गहिराइबाट निस्किएका ढुङ्गा र माटो परीक्षणका लागि नमुन लिएका थिए । यी नमुनाहरुको जाँच चिनमा भइरहेको हो । विज्ञहरुले सोर्स रक, रिजर्भ वायर रक र सिल रक गरी तीन खाले परिक्षण गरिरहेका छन् । यस्तो अध्ययन चीनका ल्याबहरुमा भइरहेको जनाइएको छ । पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यास उपलब्ध रहेको प्रारम्भिक संकेत भने प्राप्त भइरहेको विभागको भनाइ छ ।
हरेक दुई मिटरबाट सङ्कलन गरेको नमुनाको विशिष्ट अध्ययन चीनमै हुनुपर्ने भएकाले अन्तिम नतिजा आउन केही समय लाग्ने विभागले जनाएको छ । अन्तिम नतिजा प्राप्त भएपछि त्यसको भण्डारण क्षमता पत्ता लागेको खण्डमा आर्थिक विश्लेषण गरेर उत्पादनका लागि प्रक्रिया अगाडि बढाइने विभागको भनाइ छ । ड्रिलिङका लागि दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।

दैलेखको शिरस्थान, नाभिस्थान र पादुकास्थानमा तीन वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान सक्ने गरी चिनियाँ सरकारसँग सन् २०१९मा सम्झौता भएको थियो । तीन वर्षभित्र तीन चरणमा काम सक्ने गरी सम्झौता भए पनि कोरोना महामारीका कारण सम्झौता अनुसार काम हुन सकेको थिएन । पहिलो चरणमा चिनियाँ प्राविधिकले दैलेखको स्थलगत अध्ययन गरेर पेट्रोलियम पदार्थ हुन सक्ने सम्भावित ठाउँ पत्ता लगाएका थिए ।

चीन सरकारको दुई अर्ब ५० करोड रुपियाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण भइरहेको हो । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन अन्तर्गत पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी चार वटा सर्भेका काम तोकिएकै समयमा सम्पन्न गरिसकेको थियो ।

Prev Post

ग्लोबल आइएमई बैंक अव अझै डिजीटल र प्रविधिमैत्री

Next Post

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा रक्तदान

post-bars

Leave a Comment