Back To Top

August 30, 2025

बैंकको सिएसआर अब गरिवी निवारणमा मात्रै

Global Ime Bank AD
Insourance

काठमाडौं ।

बैंक तथा वित्तीय संस्थाहरुले अव संस्थागत सामाजिक उत्तरदायित्व वापतको रकम गरिवी निवारणका क्षेत्रमा मात्र मात्रै खर्चन पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई संस्थागत सामाजिक उत्तरदायित्वको रकम गरिबी निवारण लगायत प्राथमिक क्षेत्रमा मात्र खर्च गर्ने पाउने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले शुक्रबार एक परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ संशोधन गरेर जथाभावी खर्च गर्नबाट रोकेको हो । सर्वोच्च अदालतको निर्देशनात्मक आदेशआएपछि राष्ट्र बैंककले यस्तो संसोधन गरेको हो । आदेशको पूर्णपाठ आएलगत्तै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले सीएसआरको मर्मविपरित खर्च गरेपछि राष्ट्र बैंकले पनि कडाइ गर्दै आएको थियो । तर, राष्ट्र बैंकको कडाइले मात्र नपुगेको भन्दै सर्वोच्चले गरिबी निवारण भन्ने क्षेत्र नै तोकेर निर्देशन दिन केन्द्रीय बैंकलाई निर्देशनात्मक आदेश दिएको हो ।

  • सर्वोच्चले राष्ट्र बैंकलाई सीएसआरसम्बन्धी प्रचलित कानुनी व्यवस्था संशोधन गर्न आदेश दिएको थियो । संस्थागत सामाजिक उत्तरदायित्व कोषको रकम मुलतः गरिबी निवारणको उद्देश्य प्राप्तिको बाहेकका क्षेत्रमा खर्च वा प्रयोग गरिएमा वा बैंक तथा वित्तीय संस्थाका कर्मचारी तथा निजी आयोजनामा खर्च गरिएको अवस्थामा आवश्यक कारवाही गरी कोषको जवाफदेहीता एवं उत्तरदायित्व प्रवद्र्धन गर्न सर्वोच्चको आदेश थियो ।

 

United long banner ad
Prev Post

मुगुमा थपियो नयाँ राष्ट्रिय निकुञ्ज

Next Post

अध्ययन भन्छ: विरुवाले बोल्छ, पुतलीले सुन्छ

post-bars

Leave a Comment