Back To Top

March 18, 2025

क्रेष्ट माइक्रो लाइफको आईपीओ बाँडफाँड

Global Ime Bank AD
Insourance

काठमाडौँ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा उक्त आईपीओ बाँडफाँड भएको हो । मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँड गरिएको छ।

कम्पनीको आइपीओ कुल १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले पाएका छन्।

कम्पनीको आईपीओमा कुल १९ लाख ६५ हजार ८११ जनाले २ करोड २७ लाख ३९ हजार ६५० कित्ता शेयर खरिदका लागि आवेदन गरेका थिए। जसमध्ये १० हजार १२६ आवेदन रद्द भएको छ भने बाँकी १९ लाख ५५ हजार ६८५ आवेदन स्वीकृत भएको छ।

कम्पनीले गत फागुन २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको थियो।

United long banner ad
Prev Post

‘ लगानी विविधीकरणमा लगानी कोष अग्रसर’

Next Post

माथिल्लो रावाखोलाको विध्युत उत्पादन बन्द

post-bars

Leave a Comment