Back To Top

December 1, 2024

‘सार्वभौम साख मूल्याङ्कनको नतिजा उत्साहजनक’

Global Ime Bank AD
Insourance

काठमाडौँ ।

नेपालले पहिलो पटक गरेको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) बाट प्राप्त गरेको नतिजालाई अवसरमा बदल्नुपर्ने सरोकारवालाले बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८ औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौँमा आयोजित अर्थतन्त्रको प्रबन्धन विषयक अन्तक्र्रियामा बोल्दै आर्थिक क्षेत्रसँग सम्बन्धित सरोकारवालाले सार्वभौम साख मूल्याङ्कनबाट नेपालले डबल बी माइनस नतिजा पाएको र यो उत्साहजनक रहेको भन्दै यसबाट लाभ लिनुपर्ने औँल्याइएको हो ।

 

कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको सार्वभौम साख मूल्याङ्कनबाट प्राप्त नतिजा गौरवयोग्य रहेको दाबी गरे । “नेपाल दक्षिण एसियामा भारतपछि दोस्रो स्थानमा रहनु गौरवपूर्ण छ,” उनले भने, “यो सम्भावनालाई नतिजामा बदल्नु आवश्यक छ ।”  फिच रेटिङले नेपालको सार्वभौम साखलाई डबल बी माइनस दिएको थियो । जुन लगानीकर्ताका हिसावले आकृषक भने मानिदैन ।

 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले मुलुकको सार्वभौम साख मूल्याङ्कनले सकारात्मक बहस सिर्जना गरेको धारणा राखे ।

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले भने क्रेडिट रेटिङ नेपालको अर्थतन्त्रमा चुनौती भने कायमै रहेकोमा सचेत गराएका थिए । “सार्वभौम साख मूल्याङ्कनको अहिलेको स्तर थप राम्रो बनाउन प्रयास गर्न जरुरी छ,” उनले भने ।

नेपाल बैङ्कर्स सङ्घका अध्यक्ष सुनील केसीले अप्ठ्यारो परिस्थितिका बिच नेपालले पहिलो पटक राम्रो कन्ट्री रेटिङ पाएको टिप्पणी गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका इस्यु, अडानहरू निजी क्षेत्रको फाइदाका लागि मात्र राख्छ, सामाजिक रूपमा उत्तरदायी छैनन् भन्ने मानसिकताले राजस्व सङ्कलनमा असर गरेको भन्दै सरकारलाई सचेत गराए ।कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले क्रेडिट रेटिङले निजी क्षेत्रको मनोबल उकास्न सहयोग पुग्ने बताए ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले आर्थिक सुस्तता अहिलेको समस्याका रूपमा रहेको औल्याएका थिए ।

United long banner ad
Prev Post

सुपर काबेली ‘ए’ जलविद्युतको परीक्षण सफल

Next Post

ग्लोबल आइएमई बैंक सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक

post-bars

Leave a Comment