Back To Top

June 5, 2025

माधव कुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Global Ime Bank AD
Insourance

काठमाडौं :

अख्तियार दुरूपयोग अनुसन्धान आयोग नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। आयोगले नेपालविरुद्ध विशेष अदालत काठमाडौं मुद्दा दायर गरेको हो।

पतञ्जली जग्गा हिनामिना प्रकरणमा आयोगले पूर्वप्रधानमन्त्री समेत रहेका नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार स्रोतले जनाएको छ। पूर्वप्रधानमन्त्रीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएको यो पहिलो पटक हो।

अख्तियारले आइतबार विशेष अदालतमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित तत्कालीन दुई मन्त्रीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले तत्कालीन कानुन तथा न्यायमन्त्री  संयोजक प्रेमबहादुर सिंह, तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री स्व. डम्बर श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको छ।

यस्तै स्व. श्रेष्ठका छोरा सन्तोष श्रेष्ठ, तत्कालीन मुख्यसचिव स्व.माधव प्रसाद घिमिरे र उनकी श्रीमती कमला घिमिरे, भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सचिव छविराज पन्त, सहसचिवहरू जीतबहादुर थापा र लिलामणि जोशी, कलानिधी पौडेललगायतलाई प्रतिवादी बनाइ आयोगले मुद्दा दायर गरेको छ।

United long banner ad
Prev Post

बजेट कार्यान्वयनको गृहकार्य सुरु

Next Post

ऊर्जा उद्यमीद्वारा व्ल्याकआउटको चेतावनी

post-bars

Leave a Comment