Back To Top

July 27, 2025

प्रेमकुमार राई माथि अख्तियारमै उजुरी

Global Ime Bank AD
Insourance

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई माथि अनुसन्धान हुनुपर्ने माग गर्दै अख्तियारमै उजुरी दर्ता भएको छ ।

सिन्धुली कमलामाईका युवराज पौडेलले राईमाथि अनुसन्धान गर्नुपर्ने माग राखी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा आइतबार उजुरी दर्ता गरेका हुन् । तीन विवादास्पद अनियमितता र भ्रष्टाचारमा मुछिएका उनीविरुद्धको उजुरी ‘सी–००३४९८’ नम्बरमा दर्ता भएको छ ।

पौडेलले राईमाथि वाइडबडी विमान खरिद अनियमितता, नेपाल आयल निगमको जग्गा खरिद अनियमितता अनि नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरुले राईको गाडीमा पैसा हालिदिएको विषयमा छानविन गरी कारवाहीको माग गरेका हुन् । पौडेलले प्रेमकुमार राईमाथि तत्काल पुरक अभियोग पत्रमार्फत मुद्दा दायर गरी हदैसम्मको कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेका छन् ।

उजुरीमा नेपाल आयल निगमको जग्गा खरिद प्रकरणको पनि अनुसन्धानको माग राखिएको छ। जग्गा खरिदको निर्णय गर्दा पनि आपूर्ति मन्त्रालयको सचिवको रुपमा राई नै नेपाल आयल निगमको सञ्चालक समितिको अध्यक्ष थिए। आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्कामाथि मुद्दा चलाएर राईलाई उन्मुक्ति दिइएको भन्दै पौडेलले तामेलीमा राखिएको फाइलमाथि फेरि अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

United long banner ad
Prev Post

चितवनमा दैनिक ६ घण्टा लोडसेडिङ सुरु

Next Post

पहिरोले चार राजमार्ग अवरुद्ध

post-bars

Leave a Comment