सत्तारुढको साझा कार्यक्रम:अर्थतन्त्र चलायमान बनाइने
काठमाडौं ।
सत्तारुढ दलको न्यूनतम साझा कार्यक्रम तय गर्न गठित कार्यदलले आफ्नो मस्यौदा प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । बुधबार प्रधानमन्त्रीलाई बुझाइएको कार्यक्रममा न्यूनतम साझा कार्यक्रम मन्त्रिपरिषद्ले अनुमोदन गरेर सार्वजनिक गर्ने तयारी छ ।
न्यूनतम साझा कार्यक्रम निर्धारण गर्न एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा प्रकाशशरण महत सम्मिलित कार्यदल बनाइएको थियो ।
कार्यदल सदस्य थापाका अनुसार अर्थतन्त्र चलायमान बनाउने र युवा साझेदारीको कार्यक्रम अघि बढाउने विषयलाई जोड दिइएको
सरकारको नीति तथा कार्यक्रम र बजेट आइसकेको अवस्थालाई ख्याल गर्दै कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिसहमति अनुसार कार्यक्रम बनाइएको उनले जानकारी दिए । पूर्वाधार निर्माणका अलपत्र आयोजनाहरुलाई पूर्णर्ता दिने, युवा साझेदारीको कार्यक्रम अगाडि बढाउने विषय पनि न्यूनतम साझा कार्यक्रमको मस्यौदा समेटिएको छ ।
संविधानको रक्षा र सुद्धिणीकरण, प्रभावकारी कार्यान्वयन कानुन निर्माण समावेशी लकतन्त्रको प्रवर्दनजस्ता विषय मस्यौदामा समेटिएको छ ।