Back To Top

August 23, 2024

सीएनआई युवा उद्यमी मञ्च अध्यक्षमा आशिष अग्रवाल

Global Ime Bank AD
Insourance

काठमाडौं ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईइएफ) को अध्यक्षमा आशिष अग्रवाल चयन हुनुभएको छ ।

मञ्चको वार्षिक साधारण सभाले सन् २०२४÷२०२५ का लागि अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । अग्रवालको कार्यसमितिमा मनिष श्रेष्ठ (लर्निङ चेयर), सुगम घिमिरे (मेम्बर इन्टीग्रेसन चेयर), निदा दुन मल्ल (मेम्बरसिप चेयर), पुनित अग्रवाल (फाइनान्स चेयर), अंकुर अग्रवाल (नेटवर्क एण्ड कम्यूनिकेसन चेयर), चिराग सरावागी (ग्रोथ एण्ड एक्सपान्सन चेयर), र साइनी खेतान (स्टार्टअप चेयर) निर्वाचित भएको जनाइएको छ । यस अघि अध्यक्षमा अनुराग गोयल थिए ।

नयाँ पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले युवासँग सम्बन्धित विषयमा अनुसन्धानमा आधारित भएर अग्रसर हुन आग्रह गरे । उनले देशमा रोजगारी बढाउन, समग्र आर्थिक विकासका लागि युवा उद्यमीहरुलाई प्रोत्साहन गर्ने गतिविधिमा लाग्न नयाँ टिमलाई सुझाव दिए ।
स्टार्ट–अप र युवा उद्यमीहरुलाई प्रोत्साहनको खाँचो रहेको भन्दै नवनिर्वाचित अध्यक्ष अग्रवालले देशमै केही गर्ने चाहना भएका युवाहरुलाइ प्रोत्साहन गर्ने खालका गतिविधि गर्ने धारणा राखे ।

United long banner ad
Prev Post

एमएडब्लूको नामी, पन्च ईभी र डल्फिनलाई च्यालेन्ज

Next Post

आबुखैरेनीमा बस दुर्घटना, १० जनाको निधन भएको सशस्त्रको आशँका

post-bars

Leave a Comment