वार्ता मार्फत समाधान खोज्न परिसंघको आग्रह
 
काठमाण्डौं ।
नेपाल उद्योग परिसंघले डेडिकेटेड ट्रंक लाइन विवाद वार्ता र सम्वादमार्फत् समस्याको समाधान निकाल्न आग्रह गरेको छ । डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत महसुलका विषयमा उद्योगी र नेपाल विद्युत प्राधिकरणबीच उत्पन्न परिस्थितप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यस्तो आग्रह गरेको हो ।
लामो समयदेखि यो विवाद समाधान हुन नसक्दा यसले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा राम्रो सन्देश प्रवाह नभईरहेको र यसको असर लगानीको वातावरणमा पर्ने हुँदा विवाद समाधान गर्न परिसंघले बिहीबार जारी गरेको विज्ञप्तिमा आग्रह गरेको छ । ‘विवाद समाधानका लागि तत्काल वार्ता संवादमा बस्न उद्योगी एवं सरकारसमक्ष परिसंघ हार्दिक आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘आवश्यक परेमा सो वार्ता संवादका लागि सहजीकरण गर्न परिसंघ तयार रहेको समेत जानकारी गराउन चाहन्छौं।’
 
