Back To Top

March 6, 2025

चन्द्र ढकाल अब उत्पादनशील उद्यममा पनि

Global Ime Bank AD
Insourance

बर्दीबास (महोत्तरी)। वित्त र सेवा क्षेत्रमा स्थापित आइएमई समूहले उत्पादनमूलक क्षेत्रमा पनि लगानी विस्तार गरेको छ । नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका ढकालको अध्यक्षतामा रहेको सो  समूहले पहिलो पटक कागज उद्योग सञ्चालनमा ल्याएर उत्पादनमूलक क्षेत्रमा आफूलाई प्रवेश गराएको हो ।

समूहले महोत्तरीको गौशाला नगरपालिका–१ स्थित रामनगरको इटाटारमा नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज सञ्चालनमा ल्याएको हो । करिब दुई अर्ब लगानीमा सञ्चालनमा आएको उद्योगबाट पुस्तक तथा कपीका लागि आवश्यक कागज उत्पादन हुने उद्योगका सञ्चालकसमेत रहनुभएका आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । कागज उद्योगको आजै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

नेपालमा खपत हुने कागजबापत बर्सेनि अर्बौं रुपियाँ बाहिरिएकाले त्यसलाई प्रतिस्थापन गरी स्वदेशी वस्तुको उपयोग बढाउने उद्देश्यसहित उद्योग सञ्चालनमा ल्याइएको ढकालले जानकारी दिए ।  दैनिक ७५ टनसम्म कागज उत्पादन गर्न सक्ने जडित क्षमता उद्योगमा छ । माग बढेको अवस्थामा उत्पादन क्षमता पनि बढाउन सक्ने गरी तयारी अवस्थामा रहेको ढकालले बताए । “आवश्यकता र मागका आधारमा उत्पादन क्षमता बढाउन सक्ने अवस्था छ,” उनले भने “भविष्यमा निर्यात पनि गर्न सक्ने गरी तयारी अवस्थामा छौँ ।”

१९ बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा करिब दुई सय जनाले रोजगारी पाएका छन् । स्थानीयलाई प्राथमिकता दिएर रोजगारी उपलब्ध गराइएको ढकालले जानकारी दिनुभयो । आधुनिक प्रविधियुक्त औद्योगिक उपकरणमार्फत उत्पादन हुने भएकाले कागज गुणस्तरीय हुने र आयातित कागजसँग सहजै प्रतिस्पर्धा गर्न सक्ने दाबी छ । अहिले नेपालमा बार्सिक करिब एक लाख २५ हजार टन कागज खपत हुने गर्छ । जसमध्ये अधिकांश हिस्सा आयातित कागजको छ । उद्योगबाट उत्पादित कागजले ३० प्रतिशतभन्दा कागजको आयात प्रतिस्थापन गर्ने विश्वास गरिएको छ ।

 

United long banner ad
Prev Post

संसदमा प्रश्न: कुलमानमाथि किन प्रतिशोध ?’

Next Post

सडक बत्तीको बक्यौता तिर्ने पालिकालाई सम्मान

post-bars

Leave a Comment