Back To Top

November 15, 2024

‘जलवायु जोखीमः पर्वतीय र सामुद्रिक मुलुकको विशेष साझा एजेण्डा’

Global Ime Bank AD
Insourance

काठमाडौ

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु जोखिमको प्रभावबाट जोगिन आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रम तय गरी काम गर्न आग्रह गरेका छन् ।

अजरबैजानको बाकु सहरमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औं सम्मेलन (कोप–२९) अन्तर्गत नेपालले आयोजना गरेको ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन विषयक उच्चस्तरीय राउन्ड टेबल बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो आग्रह गरेका हुन् ।

‘पहाडी देशमा परेको जलवायु जोखिमको प्रभाव सामुद्रिक देशमा पर्न सक्ने र सामुद्रिक किनारमाथि उठ्न सक्ने भएकोले आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रुपमा काम गर्न उनले सबैसँग आग्रह गरे ।

कार्वन उत्सर्जन गर्ने विकसित राष्ट्र र उच्च दरमा आर्थिक वृद्धि गर्ने राष्ट्रले उच्च जलवायु जोखिममा परेका कम विकसित राष्ट्रको लागि बढी सहयोग गर्नुपर्ने बताए । ‘बढीभन्दा बढी जलवायु वित्तको व्यवस्थापन गर्न २९ औं जलवायु सम्मेलन सफल हुने आफ्नो विश्वास रहेको समेत उनले बताए ।

विश्व समुदायलाई आग्रह गर्दै उनले भने, जलवायु परिवर्तन हामी सबैको साझा चुनौती भएको र यसको सामना गर्न हामी सबैको साझा बुझाई र साझा प्रयास बनाउनु पर्ने भएको छ , यसका लागि हामी सबै उत्तिकै जिम्मेवार हुनु पर्नेछ ।राष्ट्रपति पौडेल सम्मेलनमा सहभागी भएर स्वदेश फिर्ता भएका छन् ।

United long banner ad
Prev Post

नारायणगढ–बुटवल सडकको ठेक्का तोड्ने चेतावनी

Next Post

अडिएन बैंकहरुको ब्याजदर, मंसिरमा पनि घट्ने

post-bars

Leave a Comment