Back To Top

September 10, 2024

जलवायु परिवर्तनले खाद्य प्रणालीलाई चुनौति

Global Ime Bank

काठमाडाैँ ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तनको असरले वन, कृषि तथा खाद्य प्रणालीलाई थप चुनौतिपूर्ण बनाएको बताएका छन् ।

मंगलवार काठमाडौँमा नेपाल खाद्य मञ्च २०२४ मा सम्बोधन गर्दै उनले लामो समयदेखि कृषि क्षेत्रलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा परिभाषित गर्दै आएपनि कृषि क्षेत्रको उत्पादकत्व अझै पनि अन्य क्षेत्रहरू भन्दा निकै कम रहेको बताएका हुन् ।

उनले कृषि क्षेत्र युवा पुस्ताका लागि कम रुचिकर क्षेत्र बनेको बताए । उनले कृषि क्षेत्रमा युवालाई सक्रिय रूपमा सहभागी गराउनसक्ने वातावरण निर्माण गर्नुपर्ने बताए ।

उनले कृषि खाद्य प्रणालीमा नयाँ युगको नेतृत्व युवाहरुकै हातमा रहेको बताए । कृषि खाद्य प्रणालीमा नाफामात्र नभइ गरिवी निवारण, क्षेत्रीय विकास, सामाजिक रुपान्तरण, नविनता प्रवद्र्धन र विज्ञान तथा प्रविधिको प्रयोगमा जोड दिन एवं युवालाई नेतृत्वदायि भुमिका खेल्न आह्वान गरे ।

उनले भने, “हामीले लामो समयदेखि कृषि क्षेत्रलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा परिभाषित गर्दै आएका छौँ । तथापि कृषि क्षेत्रको उत्पादकत्व अझै पनि अन्य क्षेत्रहरु भन्दा निकै कम छ । यस क्षेत्रमा धेरैजसो गरिव परिवारको निर्भरता रहेको छ । बदलिँदो जलवायुले हाम्रो वन, कृषि तथा खाद्य प्रणालीलाई थप चुनौतिपूर्ण बनाएको छ । साथै यो क्षति युवा पुस्ताका लागि कम रुचिकर क्षेत्र बनेको यथार्थलाई पनि हामीले स्वीकार गर्नुपर्छ ।”

उपराष्ट्रपति यादवले कृषि क्षेत्रमा युवाहरुलाई आकर्षित र लगानीमा प्रोत्साहन, साझा लगानीको पहल र विज्ञान, नवप्रवर्तन तथा सामुहिक समावेशीकरणमा केन्द्रित गर्नुपर्ने बताए ।

Prev Post

सीजी मोटर्सले ल्यायो दायुन युइहु

Next Post

कुमारी बैंकका ग्राहकलाई दुसित थानी रिसोर्टमा छुट

post-bars

Leave a Comment