Back To Top

May 12, 2025

सिटिजन्सलाईफको खुदनाफामा एकचौथाइको छलाङ

Global Ime Bank AD

काठमाडौं ।

चालु आर्थिक वर्षको पहिलो नौ महिनामा सटिजन लाइफ इन्स्योरेन्सले ३५ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीको सोमबार प्रकासित तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले गत वर्षको सोही अवधिमा भन्दा २७.१४ प्रतिशतले खुद नाफा बढाएको छ । सिटिजन्सले गत वर्ष यो अवधिमा २८ लाख १३ करोड रूपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीले यो अवधिमा खर्चभन्दा आम्दानीको विस्तारलाई केहि गतिशिल बनाउन सकेको देखिन्छ । प्रकासित विवरण अनुसार कुल आम्दानी २२.५२ प्रतिशतले वृद्धि हुँदा कुल खर्च २०.८ प्रतिशतले बढेको छ । कुल आम्दानी ५ अर्ब २१ करोड रूपैयाँबाट बढेर ६ अर्ब ३९ करोड पुगेको छ भने कुल खर्च ४ अर्ब ९३ करोडबाट बढेर ५ अर्ब ९६ करोड रूपैयाँ छ ।

सिटिजन्सले गत वर्षको तुलनमा जीवन विमा कोषको आकार पनि व्यापक विस्तार गरेको देखिन्छ । गत वर्ष १२ अर्ब ५१ करोड रूपैयाँ रहेको जीवन बीमा कोषको आकार अहिले करीब ४४ प्रतिशतले वृद्धि भएर १८ अर्ब रूपैयाँ नाघेको देखिएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ९.५४ रूपैयाँ र प्रतिशेयर नेटवर्थ १४६.९१ रूपैयाँ रहेको
विवरणमा उल्लेख छ ।

सिटिजन्स लाईफको चुक्ता पूँजी ५ अर्ब रूपैयाँ छ । कम्पनीले जगेडा कोषमा करीब साढे९८ करोड रूपैयाँ राखेको छ । महाविपत्ती कोषमा २१ करोड १२ लाख रूपैयाँ राखिएको कम्पनीले जनाएको छ ।

 

Global Ime Bank
Prev Post

अमेरिकाले चीनसँग गर्यो व्यापार सम्झौता

Next Post

महेन्द्र र बीपी राजमार्ग अवरुद्ध

post-bars

Leave a Comment