Back To Top

September 22, 2024

नागरिक पेन्सन योजनाबारे छलफल

Global Ime Bank AD
Insourance

पोखरा:
नागरिक लगानी कोषले प्रदान गरिरहेको नागरिक पेन्सन योजनाबारे पोखरामा सरोकारवालाबिच शुक्रबार छलफल भएकोे छ । छलफलमा सहभागीले कोषले उपलब्ध गराइरहेका पेन्सन योजनाका अतिरिक्त अन्य कार्यक्रमले  आबद्ध व्यक्ति तानवरहित हुने गरेको भन्दै यसलाई निजी क्षेत्रमा समेत विस्तार गर्ने अवसर रहेको औँल्याइएको छ ।

कोषको शाखा कार्यालय पोखराले आयोजना गरेको नागरिक पेन्सन योजनासम्बन्धी अन्तक्र्रियामा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले भविष्यमा आफूसँग केही पनि हुन नसक्ने अवस्था आउन नदिन आमनागरिक, निजी क्षेत्र, सङ्गठित क्षेत्रमा कार्यरत सबै व्यक्ति नागरिक पेन्सन योजनामा सहभागी हुन उपयुक्त रहेको धारणा राखे ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्काीले कोेषसँग सहकार्य गर्न निजी क्षेत्रले पनि पहल गर्ने जानकारी दिए । । उन ले राज्यले एउटै प्रकृतिका तीन वटा कोष सञ्चालन गरेकाले कुनमा आबद्ध हुने भन्नेमा अन्योल रहेको बताए ।

कार्यक्रममा विभिन्न क्षेत्रबाट सहभागी प्रतिनिधिले कोषले सञ्चालन गरिरहेका कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष, नागरिक पेन्सन योजना, उपदान योजना, आवास कर्जा, सरल कर्जा ८० प्रतिशत ऋण सापटी र नागरिक एकाक योजनाबारेमा प्रश्न राखेका थिए ।

कोषको कामु नायब कार्यकारी निर्देशक शोभा श्रेष्ठले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोष छुट्टाछुट्टै प्रकृति र आवश्यकता अनुसार स्थापना भएको बताइन ।

उपदान कोषमा सरकारले १५ प्रतिशत कर निर्धारण गरे पनि अदालतले पाँच प्रतिशत मात्रै कर कट्टी गर्न आदेश दिएकाले सोही अनुसार भइरहेको जानकारी उनले दिइन् । शाखा कार्यालय पोखराका प्रमुख नवराज गौतमले शाखाले सञ्चालन गरिररहेका सेवाबारेमा सहभागीलाई जानकारी गराएका थिए ।

United long banner ad
Prev Post

प्रधानमन्त्री ओलीले मागे कार्बन उत्सर्जनको क्षतिपूर्ति

Next Post

मध्यभोटेकोशीको विद्युत उत्पादन एक महिनाभित्र

post-bars

Leave a Comment