Back To Top

August 4, 2025

चुवालुरुप्या जलविद्युत आयोजना निर्माण हुने

Global Ime Bank AD

काठमाडौं । कर्णाली प्रदेशको हुम्ला जिल्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकामा ११०.२ मेगावाट क्षमताको माथिल्लो चुवालुरुप्या जलविद्युत आयोजना निर्माण हुने भएको छ ।

माथिल्लो चुवालुरुप्या पिकिङ रन अफ रिभर जलविद्युत् आयोजना नेपाल पोर्टफोलियो एनर्जी प्रालि र मलेसियन कम्पनी ओएचपी नेपाल इनकर्पोरेटेडको संयुक्त लगानीमा अघि बढाइएको हो ।

२०७६ मंसिर २९ गते १०३ मेगावाट क्षमताको सर्वेक्षण अनुमतिसहित सुरु गरिएको आयोजनाको विस्तृत अध्ययनपछि उत्पादन क्षमता ११०.२ मेगावाटमा पुर्‍याइएको हो । सन् २०२५ मार्चमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन मन्त्रालयमा बुझाइएको हो।

२२ अर्ब ८५ करोड रुपैयाँ निर्माण लागत रहने आयोजनामा दुईवटा खोलाको पानी प्रयोग गरिनेछ । चुवा खोला र लुरुप्या खोलाखोलाको पानी जम्मा गरी विद्युत उत्पादन गरिनेछ ।

चुवा खोलामा ३४.६ मिटर लामो र १४ मिटर अग्लो बाँध निर्माण गरी ७ लाख ३८ हजार घनमिटर पानी संचित गरिनेछ । हेडरेस सुरुङको लम्बार २ हजार ८३१ मिटर रहेने छ।

लुरुप्या खोलामा २० मिटर लामो र ७ मिटर अग्लो बाँध बनाइनेछ । जलाशयबाट पाइपमार्फत पानी सुरुङ हुँदै विद्युतगृहमा पुर्‍याइनेछ ।

चुवा खोलाको पानी ल्याउने सुरुङ र लुरुप्या खोलाको पानी ल्याउने सुरुङ एउटा स्थानमा जोडिनेछ । त्यहाँबाट १०२ मिटरको सुरुङ हुनेछ । विद्युतगृहभित्र ३ वटा टर्बाइन हुने छ ।

आयोजनाको विद्युतगृह सिमकोट गापा १ मुग्रिकमा हुने छ । विद्युतगृहदेखि चुवा र लुरुप्याको बाँध र अन्य संरचनासम्म पुग्न ९.६ किमी सडक निर्माण गर्नु पर्नेछ ।

Global Ime Bank
Prev Post

दिपल एस०७ आईसीए नेपाली बजारमा सार्वजनिक

Next Post

नाइमा एक्स्पोमा टोयोटाको हाइब्रिड इलेक्ट्रिकमा विशेष अफर

post-bars

Leave a Comment