Back To Top

April 1, 2025

नेपाल स्टक एक्सचेन्जको सीईओमा चूडामणि चापागाईं

Global Ime Bank AD
Insourance

काठमाडौँ ।

नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चापागाईंलाई सीईओमा नियुक्त गरेको हो।

गत फागुन १२ मा पहिलोपटक नेप्से सीईओका लागि आवेदन माग हुँदा १२ जनाले आवेदन दिएका थिए। तीमध्ये अर्थ मन्त्रालयले सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा गठन गरेको नियुक्ति सिफारिस समितिले चापागाईंसहित नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्यालको नाम सिफारिस गरेको थियो।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईँले आफ्नो नियुक्ति पत्र ग्रहण गरेका छन्। राजस्व सचिव दिनेशकुमार घिमिरेले चापागाईँलाई नेप्सेको सीईओका रूपमा नियुक्ति पत्र हस्तान्तरण गरे  ।

 

United long banner ad
Prev Post

२७ राजदूतको टोली लिएर अन्तु जाँदै आरजु

Next Post

कुलमान र हितेन्द्रकेा मुद्दा हेर्दाहेर्दैमा

post-bars

Leave a Comment