Back To Top

November 19, 2024

चोभार सुक्खा बन्दरगाहमा अब पूर्ण क्षमतामा

Global Ime Bank AD

काठमाडौं ।

काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह अब पूर्ण क्षमतामा चल्ने बाटो खुलेको छ । चीनसँगको व्यापारका लागि समेत यो बन्दरगाह खुला गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

भन्सार विभागका अनुसार चिनियाँ नाका हुँदै चोभार सुक्खा बन्दरगाहसम्म मालवस्तु ल्याउन कानुनी बाटो खुल्ने गरी राजपत्रमा सूचना प्रकाशित भएको छ । आन्तरिक तयारीपछि कार्यान्वयनमा जाने विभागले जनाएको छ ।

अर्थ मन्त्रालयले भन्सार ऐन २०६४ को दफा ८९ ९च० बमोजिम हालै राजपत्रमा एक सूचना प्रकाशित गरेको छ ।

जसले सीमास्थित भन्सार कार्यालयमा पैठारीका लागि ल्याइएका मालवस्तु उक्त कार्यालयबाट जाँचपास नगराइ बन्दरगाह भन्सारमा लगी जाँचपास गराउन चाहे त्यस्तो मालवस्तु बन्दरगाह भन्सारसम्म महानिर्देशकले तोके बमोजिम सडकमार्गबाट लैजान आन्तरिक परिवहन सुविधा दिएको छ ।

यो चोभारस्थित सुक्खा बन्दरगाहका लागि दिइएको सुविधा हो ।

यो सूचनामा आन्तरिक परिवहन सुविधा दिने भन्सार कार्यालय तोकिएको छ । वीरगञ्ज, मेची, विराटनगर, भैरहवा, तातोपानी, रसुवा भन्सार कार्यालय र सुक्खा बन्दरगाह सिर्सिया पर्साबाट नेपाल प्रवेश गर्ने मालवस्तुका हकमा मात्र चोभार आउने गरी आन्तरिक परिवहन सुविधा दिइएको छ ।

यसअघि २०७८ सालमा प्रकाशित सूचनाले वीरगञ्ज भन्सार, मेची भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय र सुक्खा बन्दरगाहबाट आउने मालवस्तु समेत सिधै काठमाडौं आउने सुविधा थियो ।

यसअघि नेपाल इन्टरमोडल यातायात विकास समितिले चीनसँगको व्यापार खुल्न नसक्दा बन्दरगाह अपेक्षित खुल्न नसकेको भन्दै खुला गर्न माग गर्दै आएको थियो ।
यसबाट काठमाडौं आउने मालवस्तु सीमा भन्सारमै अनलोड गरी पुनः अर्को गाडीमा ल्याउने प्रक्रियाले लागत र समय दुवै बढ्ने गर्छ । यसले पैठारीकर्ता र उपभोक्ता दुवैलाई फाइदा हुने समितिको भनाइ छ ।

Global Ime Bank
Prev Post

लगानीमैत्री कर प्रणाली बनाउनुपर्नेमा चेम्बरको जोड

Next Post

नियमन आयोग लत्याएर प्राधिकरणको बिल छानविन गर्न ऊर्जा मन्त्रीको छुट्टै…

post-bars

Leave a Comment