Back To Top

September 8, 2024

चेक अनादरका दोषीलाई २ वर्षसम्म कैद हुने

Global Ime Bank

काठमाडौं।

मौद्रिक नीतिमार्फत चेक अनादरका मुद्दामा सरकारले लचिलो बन्ने संकेत गरकोे करिव एक महिनामै संसदको विषयगत समितिले भने यस्ता दोषीलाई २ वर्ष सम्म कैद गर्न सकिने व्यवस्था गर्नेमा सर्बसम्मत निर्णय गरेको छ ।चेक अनादर मुद्दामा दोषी ठहर भए १ महिनादेखि २ वर्षसम्म कैद सजाय हुने भएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आइतबार बसेको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मा यस्तो सहमतिपश्चात् सर्वसम्मत पारित भएको हो ।

संशोधन विधेयकमा सहमति भएसँगै चेक अनादरसम्बन्धी मुद्दामा दोषी ठहर भए १ महिनादेखि २ वर्षसम्म कैद सजाय हुने समिति सभापति सन्तोष चालिसेले जानकारी दिए । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मा चेक अनादर प्रमाणित भएमा ५ प्रतिशत जरिवानाको समेत व्यवस्था गरिएको उनको भनाइ छ ।

सभापति चालिसेका अनुसार १५ लाख रुपैयाँसम्मको चेक अनादरमा १ महिना, ५० लाख रुपैयाँसम्मकोमा ३ महिना, १ करोड रुपैयाँसम्म १ वर्ष र १ करोड रुपैयाँभन्दा माथिको चेक अनादर प्रमाणित भएमा २ वर्षको कैद सजाय हुनेछ ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बैंकिङ कसुर तथा सजायसम्बन्धि विधेयकमा बुँदा ७ माथिको छलफल मुख्य बुँदा बनेको बताए । संशोधन विधेयक माथि समितिले व्यवस्था गर्ने विषयमा समिति स्वतन्त्र रहने भन्दै समितिमा भएका छलफल सकारात्मक रहेको उनले जानकारी दिए ।

 

Prev Post

चिलिमे–त्रिशूली प्रसारण लाइन अन्तिम चरणमा

Next Post

अति लोपोन्मुख गिद्धको बासस्थलमा मानव सदरमुकाम

post-bars

Leave a Comment