Back To Top

January 23, 2025

भन्सार अधिकृत भट्टराईलाई चेम्बरको सम्मान

Global Ime Bank

काठमाडौं,
नेपाल चेम्बर अफ कमर्सले ७३ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका शाखा अधिकृत गोपाल प्रसाद भट्टराईलाई आज सम्मान गरेको छ । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले शाखा अधिकृत भट्टराईलाई सम्मान गरेको हो ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले प्रमाणपत्र एवं अर्थसचिव राम प्रसाद घिमिरेले दोसल्ला सहित शाखा अधिकृत भट्टराईलाई सम्मान गरे । भन्सार विभागमा उत्कृष्ट सेवा प्रवाह गरेकाले भट्टराईलाई ७३ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा सम्मान गरिएको चेम्बर अफ कमर्सले जनाएको छ । भन्सार विभागकै सिफारिसका आधारमा शाखा अधिकृत भट्टराइलाई सम्मान गरिएको चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए । भन्सार प्रशासनमा उत्कृष्ट सेवा गर्दै आएका कर्मचारीलाई भन्सार दिवसका अवसरमा चेम्बर अफ कमर्सले प्रत्येक वर्ष सम्मान गर्दै आएको छ ।

सम्मान कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले विश्व भन्सार संगठनबाट निर्धारित मुल्याङकन पद्धती अनुसार भन्सारमा सन्र्दभ मुल्यलाई खारेज गरी कारोबार मुल्यलाई मान्यता दिनुपर्नेमा जोड दिए । सवै प्रकारका हार्मोनिक कोडहरुमा अध्ययन पुनरावलोकन गरी १० डिजिटको हर्मोनिक कोड कायम गरिनुपर्ने अध्यक्ष अग्रवालको आग्रह थियो । चेम्बरका निर्वतमान अध्यक्ष राजेन्द्र मल्लले भन्सार प्रशासनलाई प्रविधी मैत्री बनाउनुपर्नेमा जोड दिए । सीमाबाट हुने अवैध व्यापारलाई नियन्त्रण गर्नुपर्ने उनको भनाई छ ।

चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले भन्सार मुल्याङकन वास्तविक भन्दा बढी हुँदा समस्या भएको धारणा राखेका थिए । अर्थसचिव घिमिरेले सरकार र निजी क्षेत्र संगै मिलेर आर्थिक सुधारमा लाग्नुपर्ने भएकाले नीतिगत अफ्ठ्याराहरु सहज बनाउँदै लगिने बताए । सरकारले आर्थिक क्षेत्रमा देखिएका जटिलता अन्त्य गर्नका लागि विभिन्न अध्यादेश ल्याएकाले निजी क्षेत्रको मनोवल उकासिनुपर्ने घिमिरेले बताए ।

Prev Post

तनहुँ जलविद्युतले बनायेा गिद्ध आरामस्थल

Next Post

४०० केभी प्रसारण लाइन निर्माणमा सहमति

post-bars

Leave a Comment