Back To Top

September 10, 2024

सीजी मोटर्सले ल्यायो दायुन युइहु

Global Ime Bank AD
Insourance

काठमाडौं ।
भर्खरै सम्पन्न नाडा अटो शोमा ८ विभिन्न व्राडका विद्युतीय सवारी सार्वजनिक गरेको सीजी मोटर्सले शो सकिए लगत्तै आफ्नो पोर्टफोलियोमा थप नयाँ ब्राण्ड थपेको छ ।
चीनमा हेभी ट्रक, लाइट ट्रक, कार, मोटरसाइकल र इन्जिनहरु उत्पादन गर्दै आएको दायुन ग्रुपले चीन बजारको सफलता पश्चात चौधरी ग्रुप अन्तर्गत सीजी मोटर्सले दायुन युइहु सब कम्प्याक्ट एसयुभी नेपाली बजारमा बिक्री वितरण सुरु गर्न लागेको छ ।

नेपाली बजारकै मोष्ट अफरडेवल सब-कम्प्याक्ट एसयुभी, दायुन युइहु चाँडै नै सार्वजनिक गर्ने सीजी मोटर्सले जनाएको छ। दायुन युइहु नेपालको बाटोलाई सुहाउँदो रहेको सीजी मोटर्सको विज्ञप्तिमा उल्लेख छ।

दायुन युइहुमा रहेको ३९ किलोवाटको मोटरले १२५ एनएमको टर्क जेनेरेट गर्दछ । यसमा ३९.६६ किलोवाटआवरको ब्याट्री पाउन सकिन्छ। उक्त ब्याट्रीले ३०० किलोमिटर भन्दा धेरै रेञ्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । २० प्रतिशत बाट ८० प्रतिशत चार्ज गर्न डिसी चार्जर मार्फत ५४ मिनेट भन्दा कम लाग्दछ ।

दायुन युइहु सब कम्प्याक्ट एसयुभी उत्कृष्ट २०१ एमएमको ग्राउण्ड क्लियरेन्स छ । फ्रन्ट एण्ड रियर इन्डिपेन्डेन्ट शस्पेन्शन रहेको हुँदा जस्तोसुकै अफरोड तथा खराब बाटोहरुमा उत्कृष्ट कम्फर्ट र आरामदायी यात्रा हुने कम्पनीको दाबी छ । इन्डिपेन्डेन्ट शस्पेन्शन समावेश गरीएको उक्त गाडी यस सेग्मेन्टकै पहिलो पनि हो ।
७ इन्चको इन्सट्रुमेन्ट क्लस्टर, किलेश इन्ट्री, टाएर प्रेशर मनिटरीङ्ग सिस्टम, एयरब्याग, ए.बि.एस., इ.बि.डि., हिल स्टार्ट एसीस्ट कन्ट्रोल, अटोमेटिक हेडल्याम्प, वन टच विन्डो, पार्किङ्ग रेडार र क्रुज कन्ट्रोल जस्ता फिचर्सहरु उक्त गाडीमा समावेश रहेको सीजी मोटर्सले जनाएको छ ।

United long banner ad
Prev Post

कोशीका सांसदलाई बाणिज्य बैंकको तालिम

Next Post

जलवायु परिवर्तनले खाद्य प्रणालीलाई चुनौति

post-bars

Leave a Comment