Back To Top

June 30, 2025

घट्यो सिमेन्ट र डन्डीको भाउ

Global Ime Bank AD

काठमाडौँ ।

पछिल्लो साता सिमेन्ट र डन्डीको भाउ घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार उद्योगीले सिमेन्टको भाउ प्रतिबोरा ५० रुपैयाँदेखि एक सय रुपैयाँसम्म र डन्डीको भाउ प्रतिकेजी पाँच रुपैयाँसम्म घटाएका हुन् ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले पछिल्लो समय सिमेन्ट र डन्डीको उत्पादन गर्ने उद्योगमा लोडसेडिङ घटेर उत्पादनमा सहज भएको र माग पनि विगतभन्दा केही घटेकाले भाउ घटेको जानकारी दिए ।

यसअघि उद्योगमा १२ घण्टासम्म लोडसेडिङ भएको र उत्पादन लागत बढ्न गई सिमेन्टको मूल्य बढाउनु परेको उद्योगीले बताउँदै आएका थिए । नेपाल निर्माण व्यवसायी महासङ्घले पनि सिमेन्टको मूल्य प्रतिबोरामा एक सय रुपैयाँसम्म र डन्डीमा प्रतिकेजी पाँच रुपैयाँसम्म घटेको जनाएको छ ।

यस्तै उद्योगीले यसअघि भाउ बढाएर ओपिसी सिमेन्ट प्रतिबोरा ६७५ देखि आठ सय रुपैयाँसम्म र पिपिसी सिमेन्ट प्रतिबोरा ५५० देखि ६७५ रुपैयाँसम्म पुर्‍याएका थिए । अहिले त्यो मूल्यमा प्रतिबोरा सिमेन्टमा एक सय रुपैयाँसम्म घटेको महासङ्घले जनाएको छ । प्रतिकेजी ९० देखि ९५ रुपैयाँ कारोबार भएको डन्डीमा पाँच रुपैयाँ घटेर प्रतिकेजी ८५ देखि ९० रुपैयाँमा किनबेच भएको छ ।

Global Ime Bank
Prev Post

ग्लोबल आइएमई बैंकको ‘धान खेती कर्जा’

Next Post

सुनचाँदीको मूल्य निर्धारण बन्द

post-bars

Leave a Comment