Back To Top

August 14, 2025

एमसिसिको प्रसारणलाइनका दुई खण्डको ठेक्का संझौता

Global Ime Bank AD

काठमाडौँ ।
संयुक्त राज्य अमेरिकाको सहयोग कार्यक्रम मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)को नेपाल कम्प्याक्टअन्तर्गतको  प्रसारणलाइनका दुई खण्डको निर्माण ठेक्का सम्पन्न भएको छ ।

विहीबार एमसिसीको कार्यान्वयन निकाय मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले रातामाटे – न्यू दमौली ९० किलोमिटर र न्यु दमौली–न्यू बुटवल ९० किलोमिटर दुइ खण्डका लागि प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्रमार्फत चयन भएका छुट्टा छुट्टै दुई निर्माण कम्पनीसँग संझौता भएको हो ।

रातमाटे–न्यू दमौली प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी एञ्जेलिक–स्किपर संयुक्त उपक्रम र न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन निर्माणका लागि नेपाली ठेकेदार वाइबा–सलार संयुक्त उपक्रमसँग सम्झौता गरेको हो । यी सम्झौताअन्तर्गत १८० किलोमिटर लामो ४०० केभी प्रसारण लाइनको डिजाइन, स्थापना, निर्माण , परिक्षण र सञ्चालनको काम ४२ महिनाभित्र सम्पन्न गर्ने गरी संझौता भएको हो । एञ्जेलिक–स्किपरले  राटमाटे–न्यू दमौली प्रसारण लाइनका लागि  ७ करोड ७४ लाख ८० हजार अमेरिकी डलरमा ठेक्का पाएको छ । यो खण्डमा २४८वटा टावर सहित प्रशारणलाइन बन्ने छ ।
त्यस्तै वाइवा सलार जेभीले  ७ करोड ७० लाख ३ हजार अमेरिकी डलरमा निर्माण गर्ने गरी न्यू दमौलीदेखि न्यु बुटवलसम्मको ९० किलोमिटर प्रशारणलाइनको ठेक्का पाएको छ । सो प्रसारणलाइनमा २४९वटा टावर निर्माण गरिनेछ ।

यसअघि १८ किलोमिटर लामो ४०० केभीको ‘न्यु बुटवल–नेपालरभारत सीमा’ प्रसारण लाइनको ठेक्का भारतको ट्रान्सरेल लाइटिङ लिमिटेडले पाएको थियो । यो कम्पनीसँग १४ भदौ २)८) मा एक करोड २३ लाख ६९ हजार डलरमा ठेक्का सम्झौता भइसकेको छ  ।

‘न्यु बुटवल–नेपालरभारत सीमा’को ठेक्का सम्झौतापश्चात बाँकी २९७ किलोमिटर प्रसारण लाइन निर्माणका लागि मंसिर १२ गते ठेक्का आह्वान गरिएको थियो । सो बमोजिम १८० किलोमिटर लामो दुई खण्डको लाइन निर्माण गर्न ठेक्का सम्झौता भएको हो ।
निर्माण संझौता समारोहलाई संवोधन गर्दे एमसिए नेपाल विकास समितिका अध्यक्ष तथा अर्थमन्त्रालयका सचिव घनश्याम उपाध्यायले परियोजना समयमै सम्पन्न गर्न नेपाल सरकार र अर्थमन्त्रालयले निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

एमसीसीका कार्यवाहक अध्यक्ष जोन वेङ्गले यी संझौतामा हस्ताक्षर गरी एमसीसीले पारस्परिक प्राथमिकता र नेपालको विकास लक्ष्यमा संयुक्त राज्य अमेरिकाको सहयोगलाई पुनः पुष्टि गरेको बताए ।

कार्यक्रममा एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले अमेरिकी सरकारको सहयोगको निरन्तरताको प्रशंसा गर्दै राष्ट्रिय गौरबको आयोजनाका रुपमा रहेको प्रशारणलाइन निर्माण परियोजना दिगो सहकार्यमार्पmत सफल कार्यान्वयन गरिने बताए।

एमसिसी अन्तर्गत ३१५ किलोमिटर लामो लाइन निर्माण हुँदैछ । १८ किलोमिटर लामो ‘न्यु बुटवल–नेपालरभारत सीमा’ को ठेक्का सम्झौता सम्पन्न भइसकेको छ ।बाँकी ११८ किलोमिटर लामो लप्सीफेदी–रातमाटे–हेटौँडा पनि ठेक्का प्रक्रिया रहेको छ । यसको ठेक्का आह्वान भई ६ कम्पनीले निर्माण प्रस्ताव गरेकोले अहिले ठेकेदार छनोटको चरणमा रहेको जनाइएको छ ।ि

Global Ime Bank
Prev Post

पेन्सन योजनामा नेरुडे र उपकार लघुवित्त

Next Post

मेयर भरत थापालाई ८ वर्ष कैदको फैसला

post-bars

Leave a Comment