Back To Top

Air
September 22, 2024

प्रधानमन्त्री ओलीले मागे कार्बन उत्सर्जनको क्षतिपूर्ति

Global Ime Bank

न्युर्योकः
प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्ने अडान विश्व समुदाय सँग राखेका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका ओलीले शनिबार आयोजित जीवाष्म इन्धनमुक्तीका लागि संसदीय सञ्जालको कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधनका क्रममा ओलीले यस्तो स्पस्ट मान्यता रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालले कार्बन उत्सर्जनमा शून्य योगदान गरेर जलवायु परिवर्तनको असरलाई रोक्न मद्दत गरेको तर विकसित मुलुकको कार्बन उत्सर्जनका कारण नेपालको सगरमाथा र हिउँ पग्लिन थालेकाले त्यसको असर खेप्ने समुदायलाई क्षतिपूर्ति दिइनुपर्ने माग राखे ।

विश्वका विकसित मुलुकले सुखद र सुरक्षित भविश्यका लागि जलवायु अनुकुलनमा लगानी गर्न हिचकिचाउनु नहुने र लगानी तिव्र विस्तार गर्न आवश्यक रहेको बताए । “यो कुरा पोरिस संझौतामा पनि उल्लेख गरिएकै छ, त्यसै बमोजिम चल्नु पर्छ,” उनले भने, “हाम्रो भविष्य सुन्दर छ, किनकि हामीले भविष्यका लागि लगानी गर्दैछौँ ।”

Prev Post

उद्यमशीलताका लागि कर्जा सुरक्षण अत्यावश्यक

Next Post

नागरिक पेन्सन योजनाबारे छलफल

post-bars

Leave a Comment