Back To Top

January 20, 2026

प्रत्यक्षतर्फका लागि देशभर उम्मेदवारी दर्ता

Global Ime Bank AD
Insourance

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज (माघ ६ गते) देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदै छ।

देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ। आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारहरूलाई आग्रह गरेको छ।

आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारलाई उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरेको छ।

उम्मेदवारले मनोनयनका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा लिएर उपस्थित हुनुपर्नेछ।

त्यस्तै कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी पनि छ। आयोगले अन्य केही कागजातसमेत लिएर आउन आग्रह गरेको छ।

विसं २०७९ मा निर्वाचित प्रतिनिधिसभा गत भदौमा भएको जेनजी आन्दोलनका कारण विघटन भएपछि नयाँ निर्वाचन हुन लागेको हो।

भिडभाड कम गराउने र उम्मेदवारी दर्ता सहज बनाउने उद्देश्यले समय निर्धारण गरिएको आयोगले प्रस्ट पारेको छ। आयोगले यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना चयन हुनेछन् भने प्रत्यक्ष प्रणालीमार्फत १६५ निर्वाचित हुने व्यवस्था छ।

United long banner ad
Prev Post

निजी क्षेत्रलाई विद्युत प्रसारण र व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

post-bars

Leave a Comment