कञ्चनजङ्घा संरक्षण क्षेत्रमा युनेस्कोको क्यामेरा ट्र्याप र जीपीएस

ताप्लेजुङ
संयुक्त राष्ट्र संघीय शिक्षा विज्ञान तथा सांस्कृतिक संगठन युनेस्कोले कञ्चनजङ्घा संरक्षण क्षेत्रमा जैविक विविधता अनुगमनका लागि ट्रेल क्यामेरा र जीपीएस उपकरणहरू जडान गर्न थालेको छ ।
कञ्चनजँगा व्यवस्थापन परिषद र समृद्ध पहाडसँगको सहकार्यमा यी उपकरण जडान गर्न लागिएको हो । यीआधुनिक उपकरणहरू जैविकविविधताको जानकारी सङ्कलनमा सुधार गर्न र वास्तविक समयको पारिस्थितिकीय अनुगमनलाई सहयोग पु¥याउन जडान गरिएको जनाइएको छ । आधुनिक वैज्ञानिक विधिहरूलाई आदिवासी ज्ञानसँग एकीकृत गर्ने लक्ष्यका साथ २०८२ साउन १ देखि ४ गतेसम्म तापेथोक, हेलोक र लेलेपमा यी उपकरण जडान गरिँदै छ ।
यी उपकरण प्रयोग सम्बन्धी स्थानीय प्रशिक्षण कार्यक्रममा कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बु लिम्बुले जैविक विविधताका महत्वपूर्ण क्षेत्रहरु र संरक्षणका लागि सम्भावित पकेट क्षेत्रहरू पहिचान पनि उकरण जडान सहयोगी शिद्ध हुने बताए ।
कार्यक्रममा बायोस्फियर रिजर्भको अवधारणा बारे पनि जानकारी गराइएको थियो । कार्यक्रमममा युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका म्याब समितिका सदस्यप्रा. डा. हरिप्रसाद अर्यालले केसीए जस्ता उच्च हिमाली पारिस्थितिक प्रणालीमा जैविकविविधताका चुनौतीहरूलाई सम्बोधन गर्न स्थानीय ज्ञानलाई वैज्ञानिक उपकरणहरूसँग एकीकृत गर्नु अत्यावश्यक रहेको बताए ।
नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोईले युनेस्कोका लागि कञ्चनजङ्घामा चलिरहेका पहलहरू केवलप्रकृति संरक्षणको बारेमा मात्र नभएर स्थानीय मानिसहरू, उनीहरूको आदिवासी ज्ञान र उनीहरूको दिगो जीविकोपार्जन महत्वको विषय रहेको बताए ।
मानव र बायोस्फियर कार्यक्रम युनेस्कोको जैविक विविधता संरक्षण र दिगो विकासमा मानिसहरू र उनीहरूको वातावरण बीचको सम्बन्धलाई बढाएर नेतृत्व गर्ने पहल हो । यसले मानव जीविकोपार्जन सुधार गर्न र प्राकृतिक तथा व्यवस्थित पारिस्थितिक प्रणालीहरूलाई सुरक्षित गर्न प्राकृतिक र सामाजिक विज्ञानलाई जोड्ने बताइएको छ ।
