Back To Top

April 7, 2025

बुटवल पावरको एफपीओ निष्कासन रद्द  

Global Ime Bank

काठमाडौं  ः  बुटवल पावर कम्पनीको एफपीओ निष्कासन रद्द  गरिएको छ । कम्पनीको सञ्चालक समिति बैठकले एफपीओ निष्कासन रद्द गर्दै ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।कम्पनीले प्रमियम मूल्यमा १ करोड कित्ता एफपीओ बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको थियो ।

कम्पनीको उक्त बैठकले एफपीओ निष्कासन रद्द गरी  विभिन्न आयोजनामा लगानीका लागि हकप्रद सेयर निष्कासन गर्न लागेको जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ४० करोड ९० लाख रुपैयाँ बराबर छ । सोअनुसार कम्पनीले १ अर्ब ३६ करोड ३६ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।
Prev Post

निलम ढुंगाना बनिन् कामु गभर्नर

post-bars

Leave a Comment