Back To Top

September 3, 2025

बससेवाबाट टिकट काट्नेलाई खसी उपहार

Global Ime Bank AD
काठमाडौ ।
यस वर्षको दशैँमा बससेवाले आधिकारिक मोबाइल एप्लिकेसन @bussewa  र  bussewa.com.np बाट बस तथा हवाइजहाजको टिकट काट्नेलाई उपहारस्वरुप खसी उपहार दिने भएको छ । अग्रीम टिकट बुकिङ गर्नेमध्ये पाँचजनालाई उपहारस्वरुप खसी दिने घोषणा गरेको हो ।
बससेवाले १५ भदौदेखि नै बस तथा हवाइजहाजको टिकटमा आंशिक प्रि–बुकिङ खुला गरिसकेको छ । यात्रुहरुले ११ असोजसम्म बुकिङ गर्न सक्नेछन् ।
बस सेवाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पीआर खनालका अनुसार पहिलो चरणमा पोखरा, चितवन, धरान, काकडभिट्टा र विराटनगर रुटका लागि बस टिकटमा प्रि–बुकिङ खुला गरिएको छ । बाँकी रुटमा भने केही दिनपछि खुला गर्ने उहाँको भनाइ छ ।
बस सेवाले देशभरका ७० भन्दा बढी जिल्लामा अनलाइनमार्फत बसको टिकट उपलब्ध गराउँदै आएको छ । एक दशकभन्दा बढी समयदेखि सेवारत बससेवाले यसपटकदेखि हवाइजहाजको टिकट समेत उपलब्ध गराएको छ । हवाई सेवा पुगेका सबै जिल्लाका हवाइ उडानका लागि टिकट उपलब्ध रहेको जनाइएको छ ।
Global Ime Bank
Prev Post

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

Next Post

स्वदेश फर्कदै प्रधानमन्त्री ओली

post-bars

Leave a Comment