Back To Top

September 4, 2025

बुङ्गल हाइड्रोको आइपीओ भर्ने आज अन्तिम दिन

Global Ime Bank AD

काठमाडौँ ।

बुङ्गल हाइड्रो लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको हो । जसमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन पाइने छ ।

कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ८ लाख ३० हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र २ लाख ७ हजार ५०० कित्ता शेयर विदेशमा रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

कम्पनीले १ लाख ३ हजार ७५० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुका लागि र ६२ हजार २५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरेको छ।

Global Ime Bank
Prev Post

रोपाई सकिएपछि बल्ल आइपुग्यो मल

Next Post

भारतको बहुदरको जिएसटी झर्यो दुइ दरमा

post-bars

Leave a Comment