काठमाडौं । सरकारलाई तिर्नुपर्ने बाँकी बक्यौता लामो समयसम्म नबुझाउने व्यक्ति तथा संस्थाहरूको नाम सार्वजनिक भएको छ । कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले सार्वजनिक सूचना जारी गर्दै कार्यालयले ५२ जना व्यक्ति तथा फर्महरूको तीनपुस्ते विवरणसहितको नामावली सार्वजनिक गरेको हो ।
यसअघि पटक–पटक पत्राचार गर्दा र कार्यालयको वेबसाइटमार्फत जानकारी गराउँदा पनि बक्यौता बुझाउन नआएपछि सरकारले अन्तिम पटकका लागि यो सार्वजनिक सूचना जारी गरेको जनाएको छ । सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र साँवा र नियमअनुसार लाग्ने ब्याजसहित सम्पूर्ण रकम चुक्ता गर्न कार्यालयले ताकेता गरेको छ ।
सरकारले सार्वजनिक गरेको ५२ जनाको सूचीमा निर्माण व्यवसायी, व्यापारिक फर्म, विभिन्न सरकारी विभागका कर्मचारी र वैदेशिक कम्पनीहरू समेत रहेका छन् ।
निर्माण व्यवसायीहरू खुम्बु कन्स्ट्रक्सन, लोकतिनपुस्ते विवरण सहित सार्वजनिक भएको यस्तो सूचिमा पोखराका परिचित उद्यमी पियुस आमात्यदेखि नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिँह समेत रहेका छन् । प्रिय निर्माण सेवा, एम.एम. कन्स्ट्रक्सन कम्पनी, निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको महादेव खिम्ती निर्माण सेवा लगायतका दर्जनौं निर्माण कम्पनीहरू सूचीमा छन् । यसैगरी अमेरिकाको टेक्सना रिसोर्सेस कम्पनी, युएईको एमिरेट्स एसोसिएटेड बिजनेस ग्रुप र बीबीबी च्याम्पियन्स आयल कम्पनी जस्ता विदेशी कम्पनीहरूले पनि सरकारी रकम नबुझाएको देखिएको छ।
सशस्त्र प्रहरी बलका मनोज थापा, फुलबारी रिसोर्टका पियुष अमात्य लगायत विभिन्न जिल्लाका व्यवसायी तथा सरकारी सेवामा संलग्न रहेका व्यक्तिहरूको नाम समेत सूचीमा समावेश छ ।