Back To Top

January 4, 2025

जलपंछि गणना सुरु, हिमाली क्षेत्रमा अझै पुगेन

Global Ime Bank AD
Insourance

काठमाडौं ।

यो वर्षको जलपक्षी गणना कार्य सुरु गरिएको छ । देशभरका सबै ताल, तलैया नदी र सिमसार क्षेत्रमा गर्न सम्भव नभएपछि गत वर्षकै क्षेत्रहरुमा आजदेखि एकै साथ जलपंछी गणना सुरु गरेको हो । हरेक वर्षको जनवरीको पहिलो शनिवारदेखि जलपंछी गणना गरिँदै आएको छ ।

जनवरी ४ तारिखदेखि १९ सम्म यस्ता चराको संख्या प्रजाती बासस्थान अवस्था बारे जानकारी लिनका गणना हुनलागेको नेपाल पंछीविद संघले जनाएको छ । संघका अनुसार यस अवधिमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइँसराइ गर्ने चराको बारे जानकारी संकलन गरिने छ ।

गत वर्ष कोशिटप्पु बन्यजन्तु आरक्ष, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा, रारा राष्ट्रिय निकुञ्ज, काठमाडौँ, पोखरा, लुम्बिनी, बिसहजारी ताल, घोडाघोडी, जगदिशपुरलगायतका तालसँगै देशका विभिन्न ताल तलैया र सिमसार क्षेत्रमा जलपंछी गणनाकार्य गरिएको थियो । यो वर्षपनि तिनै क्षेत्रमा गणाना गरिँदै छ । यद्धपी गोक्यो, गोसाइँकुण्ड, माईपोखरी, फोक्सण्डो तालजस्ता हिमाली क्षेत्रका तालमा भने अझै नियमित गणनाकार्य हुन सकेको छैन।

सन् २०२४मा गरिएको जलपंछी गणनामा देशभरका १८ प्रमुख सिमसार क्षेत्र अन्र्तगत ८४ वटा साना क्षेत्रमा चार सय दुई जना स्वयंसेवकले ७९प्रजातीका ६३ हजार नौ सय जलपंछी रेकर्ड गरेका थिए । यीमध्ये छ वटा रामसारमा सूचिकृत सिमसार क्षेत्र पनि थिए ।

United long banner ad
Prev Post

एफवान सफ्टको सिस्टम ह्याक, सिटिजन्स बैंकबाट डेढ करोड चोरी

Next Post

निर्यात परिषद्को व्यापार मेला सुरु

post-bars

Leave a Comment