Back To Top

May 9, 2025

बिष्टछापमा पहिरो रोक्न जैविक प्रविधि

Global Ime Bank AD

ललितपुर ।
ललितपुर स्थित गोदावरी नगरपालिकाले जैविक प्रबिधि मार्फत पहिरो नियन्त्रणको कार्य अगाडी बढाएको छ । गोदावरी नगरपालिका वडा नं २ स्थित किटाचौर, बिष्टछापमा रहेको जोखिम युक्त पहिरोमा भेटिभर बिरुवा रोपिएको छ ।

नगरपालिकाका मयर गजेन्द्र महर्जनलका अनुसार गत वर्ष असोजमा आएको बाढीले सो क्षेत्रमा ठूलो क्षति भएको थियो । पर्खाल लगाएर आगामी क्षति रोक्ने अवस्था कमजोर देखिएकाले प्रकृतिक पद्धती अनुसरण गरिएको उनले बताए ।

प्राकृतिक बिपद बाढी पहिरो जस्ता समस्याको प्राकृतिक समाधाननै अन्तराष्ट्रिय स्तरमा बढी प्रभाबकारी देखिएको र यसलाई आफनो नगरपालिकामा पनि परिक्षण परियोजनाका रुपमा हेर्न चाहेको औल्याए । उनले यस स्थानमा जैबिक प्रबिधि मार्फत गरिएको पहिरो रोकथाम प्रभावकारी देखिएका पालिकाको अन्य क्षेत्रमा समेत यस्को प्रयोग बिस्तार गरिदै जाने बताए ।

वडा नं २ का वडा अध्यक्ष मनोहर सिलवालले पारिस्थितिकी प्रणाली पुन स्थापनामा भेटिभर बनस्पतिको धेरै ठुलो योगदान हुने भएकाले आफनो वडामा यो पद्धति प्रयोग गरिएको बताए ।

मेयर महर्जनका अनुसार गोदावरी नगरपालिका हरितमैत्री पुर्वाधार तर्फ अग्रसर छ । “हरित पुर्वाधार विकासमार्पmत हामी नेपालको पहिलो कार्वन नेगेटिभ पालिकाको रुपमा गोदावरी नगरपालिका स्थापित गर्न चाहन्छौ,” उनले भने ।

गतवर्ष असोजमा आएको वाढी र पहिरोले ललितपुरको सो क्षेत्रसहित, काठमाडौ, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक क्षेत्रमा बाढी तथा पहिरोले निकै ठुलो धनजनको क्षती भएको थियो ।

 

Global Ime Bank
Prev Post

‘एनसेल सप इन सप’ सञ्चालनमा

Next Post

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि

post-bars

Leave a Comment