Back To Top

January 26, 2026

भुजुङ्ग हाइड्रोपावरको आईपीओ खुला

Global Ime Bank AD
Insourance

पोखरा।

भुजुङ्ग हाइड्रोपावरले सोमबारदेखि सर्वसाधारणका लागि आफ्नो आईपीओ (प्रारम्भिक शेयर निष्काशन) खुला गरेको छ। कम्पनीले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

कम्पनीका अनुसार, निष्काशित शेयरमध्ये १० लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि, १ लाख कित्ता विदेशमा रोजगार गर्दै आएका नेपालीका लागि, २० हजार कित्ता कर्मचारीहरूका लागि र ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित राखिएको छ। बाँकी ८ लाख ३० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको छ, जसको मूल्य ८ करोड ३० लाख रुपैयाँ बराबर छ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता शेयरको लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। कम्पनीले माघ १५ गतेसम्म आईपीओ खुला रहने जनाएको छ।

United long banner ad
Prev Post

सरकारी पैसा नतिर्ने कालोसूचिमा धेरै जसो ठेकेदार

Next Post

नगद कारोबारमा ५ लाखको सिमा हटाउन निजी क्षेत्रको माग

post-bars

Leave a Comment